सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पोखरा र काठमाण्डौमा एमालेले जित्ने पक्कापक्की

भुगोलको हिसाबले देशकै ठुलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको जित सुनिश्चित भएको छ । ३३ वडामध्ये ३१ वडाको मत परिणाम सार्वजनिक हुँदा जिसी कांग्रेसका उम्मेदवार रामजि कुवँर भन्दा १३ हजार २ सय १० मतले अघि छन् ।

१ लाख २५ हजार ७ सय मत खसेकोमा झण्डै १ लाख १५ हजार मत अर्थात् ९२ प्रतिशत मत गणना सम्पन्न भइसकेको छ । ३१ वडाको मतगणना सकिँदा एमालेका जिसीले ५५ हजार ५ सय ७५ मत प्राप्त गरेका छन् भने कांग्रेसका कुवँरले ४२ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् ।

अब वडा नम्बर ३२ र ३३ को मत परिणाम आउन बाँकी छ । वडा नम्बर ३२ मा ४ हजार ५ सय ८५ र वडा नम्बर ३३ मा ५ हजार ४ सय ७८ मत खसेको छ । मत परिणाम आउन बाँकी २ वडामा कूल १० हजार ६३ मत छ । कांग्रेसका मेयर उम्मेदवार कुवँरले बिहीबार नै हार स्वीकार गरिसकेका छन् ।

यता काठमाण्डौमा पनि नेकपा एमालेको अग्रता अन्तर ठुलो छ । अहिलेसम्मको मतपरिणाम हेर्दा काठमाण्डौमा पनि एमालेले जित्ने लगभग निश्चित जस्तै छ । काठमाण्डौ महानगरमा एमालेका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्यले ५२ हजार ५ सय ५७ मत ल्याउँदा कांग्रेसका राजुराजले ३८ हजार ८ सय ३६ मत ल्याएका छन ।

उता चितवनको भरतपुरमा एमालेले माओवादीसँग मतान्तर फेरी बढाएको छ । एमालेका उम्मेद्वार देवी ज्ञवालीले ३३ हजार ७ सय ३८ मत पाएका छन भने माओवादीकी रेणु दाहालले ३२ हजार २ सय ७९ मत पाएकी छिन । निकै चासोका साथ हेरिएको भरतपुरमा अब ८ ओटा वडाको मत गन्न बाँकी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्