सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भरतपुरमा पुनः मतगणना एमालेलाई अस्वीकार्य

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय स्वीकार्य नभएको बताएका छन् । अध्यक्ष केपी ओलीले पार्टी कमिटीको स्थायी वैठकपछि बोल्दै आफूहरुलाई आयोगको निर्णय मान्य नहुने प्रतिक्रिया दिएका हुन् ।

उनले अहिले सरकार बनाउने तरिका पनि असंवैधानिक भएको भन्दै यसैबेला आयोगले गलत निर्णय गरेको जनाएका हुन् । त्यहीँ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोग एउटा स्वतन्त्र निकाय भएको र यसले आफ्नो अनुसन्धान गरेर निर्णय गरेकाले यसलाई स्वीकारेर अघि बढ्नुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् ।

भरतपुरमा देवी ज्ञवालीलाई मेयरका रुपमा अघि सारेको एमालेले त्यहाँ स्थगित भएको मतगणना पुनः सुरु गर्नुपर्ने माग राख्दै आएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्