सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लोकगायिका राधिकाले जित्लिन गाउँपालिका उपाध्यक्ष

चर्चित लोकदोहोरी गायिका राधिका हमाल कलाकारीतालाई बिट मार्दै आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको राजनीतिक जीवनमा प्रवेश गर्र्दैिछन् । गायिका हमाल कांग्रेसका तर्फबाट रोल्पाको त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वार बन्दैछिन ।

त्रिवेणी गाउँपालिकामा एमाले र माओवादी मुख्य प्रतिस्पर्धी हुन् । आफ्नो कमजोर उपस्थिति भएकाले राजनीतिमा लो–प्रोफाइलको उम्मेद्वारको रुपमा राधिकालाई कांग्रेसले अघि सारेको रोल्पामा चर्चा छ । अध्यक्ष पदमा भने कांग्रेसले कमल बुढामगरलाई उम्मेद्वार बनाएको छ ।

राधिकाले एमालेकी सावित्रा बुढा र माओवादीकी लालसरी घर्तीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । साबित्रा नेकपा एमालेको राजनीतिमा सक्रिय छिन् । उनी नेकपा एमाले ५ नम्बर प्रदेश संगठन कमिटी सदस्य तथा ०७० सालको संविधानसभा चुनावमा समानुपातिक सभासदको सूचीमा समेत थिइन् ।

यसैगरी माओवादी केन्द्र त्रिवेणीले लालसरी घर्तीलाई उपाध्यक्षमा अघि सारेको छ । पार्टीमा अनिता उपनामले चिनिने लालसरी माओवादी केन्द्रको त्रिवेणी गाउँपालिका सदस्य हुन् । उनी ०५७ सालदेखि पार्टीमा आबद्ध छिन् । घर्तीगाउँबाट बसाईं सरेर गैरिगाउँ गएपछि राजनीतिमा ओझेल परेको बताइन्छ । लालसरि गाउँमै बस्छिन् ।

एमालेकी साबित्रा बुढाको माइती गैरिगाउँ र घर नुवागाउँमा पर्छ भने कांग्रेसकी हमालको माइती सदरमुकाम लिवाङ र घर गैरिगाउँमा पर्दछ । साबित्रा पार्टी कामको सिलसिलामा बेला–बेला गाउँमा पुग्छिन् । हमाल भने चाडबाडको समयमा गाउँ पुग्ने गरेको पाइन्छ । यद्यपी यी दुबैको प्रायः बसाई राजधानी तिरै हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्