सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विवाह नै नगरी विधवा, ९० लाख क्षतिपूर्ति !

एक सेकेन्ड पनि पतिसँगै देखभेट नगरी हकदारका रुपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् ।

उनीहरुको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएका थिए । वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो । नन्दकुमार १८ वर्षमा कतार गएका थिए । उनले भनिन–‘पैसा त पाएँ तर उनीसँग एक सेकेन्ड पनि देखभेट गर्न नपाई जीवनभरका लागि गुमाएँ । अब एक्लो जीवन कसरी बिताउने ?’

अभिभावकले सानैमा विवाह गरिदिएकोमा उक्त जोडीको गौनासम्म भएको थिएन । अहिले पनि मधेसी समुदायमा चार चरणमा विवाह हुने प्रचलन कायम छ । बच्चा जन्मने बित्तिकै अभिभावकले आफूलाई मन परेका व्यक्तिका छोरा छोरीसँग विवाह गरिदिने वाचा गर्छन् ।

छोरी बाल्यकालमा पुगेपछि केटाको घरमा गई नगद, फलफूल सामान दिने ‘तिलक’ प्रचलन छ । तिलकपछि विवाह गरिन्छ । केटीलाई माइतै छाडेर दुलाहा घर फर्कन्छन् ।

केटाकेटी किशोर अवस्थामा पुगेपछि विवाह भएको बिजोर वर्ष पारी गौना गर्ने चलन छ । गौना भएपछि मात्रै केटीको घरजम सुरु हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS