सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

 नेपाली कांग्रेस विजयी भएका स्थानीय तहको सुची

दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा हालसम्मको परिणाम अनुसार एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेस एमालेको पछीपछी दोस्रो स्थानमा छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

अहिलेसम्म संघिय समाजवादी फोरम र नयाँ शक्ति गठबन्धन ६ स्थानीय तहमा विजयी भएको छ भने फोरम लोकतान्त्रिक ४ ठाउँमा विजयी भएको छ । राप्रपा पनि २ स्थानीय तहमा विजयी भएको छ । स्वतन्त्र उम्मेद्वार एक ठाउँमा विजयी भएका छन । मतगणना भइरहेका ठाउँमा पनि एमालेले कांग्रेसलाई पछि पारिरहेको छ ।

यसपटक कतिपय पार्टीका गढ भत्किएका छन् । कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ भने एमालेको गढ मानिएको भोजपुर नगरपालिकामा कांग्रेसले जितेको छ ।

दोस्रो चरणको चुनावमा एमालेले धनकुटा र माओवादीले रुकुमका सबै स्थानीय तह जितेर ‘क्लिन स्वीप’ गरेका छन् ।

 कांग्रेस विजयी भएका स्थानीय तहको सुची

  1. बाजुरा, बडिमालिका नगरपालिकाः पदम बडुवाल
  2. बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत
  3. बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा
  4. संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
  5. संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
  6. दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट
  7. गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
  8. डडेलधुरा, नामः भागेश्वर गाउँपालिकाः  कौशिला भट्ट
  9. डडेलधुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ
  10. डोटी, के.आइ.सिं गाउँपालिकाः लोकेन्द्र शाही
  11. डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल 
  12. बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
  13. खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला
  14. नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
  15. ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
  16. गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री
  17. पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा
  18. बैतडी, सुर्नया गाउँपालिकाः वीरबहादुर विष्ट
  19. डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द
  20. भोजपुर, भोजपुर नगरपालिकाः कैलाशकुमार आले
  21. ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिकाः विश्वनाथ सिटौला
  22. बैतडी, दशरथ चन्द नगरपालिका: नरेन्द्रसिंह थापा
  23. बझाङ, बुंगल नगरपालिकाः धनबहादुर विष्ट
  24. भोजपुर, अरुण गाउँपालिकाः गजेन्द्रबहादुर कार्की
  25. दार्चुला, मालिकार्जुन गाउँपालिकाः नरेन्द्र सिंह धामी
  26. अछाम, कमलबजार नगरपालिकाः ओमप्रकाश विष्ट
  27. खोटाङ, दिप्रुङ गाउँपालिकाः भूपेन्द्र राई
  28. दार्चुला, शैल्यशिखर नगरपालिकाः अमरसिंह धामी
  29. बाजुरा, त्रिवेणी नगरपालिकाः रामसिंह रावल
  30. बझाङ, सुर्मा गाउँपालिकाः नरबहादुर बोहोरा
  31. संखुवासभा, भोटेखोला गाउँपालिकाः पेम्बा भोटे
  32. दाङ, राजपुर गाउँपालिकाः लोकराज केसी
  33. पाल्पा, माथागढी गाउँपालिकाः सन्तोस कुमार थापा
  34. बैतडी, शिवनाथ गाउँपालिकाः कर्णसिंह साउद
  35. अर्घाखाँची, छत्रदेव गाउँपालिकाः लेखनाथ पोखरेल
  36. कैलाली, जोशीपुर गाउँपालिकाः राम कृष्ण चौधरी
  37. नवलपरासी, सुनवल नगरपालिका :भीमबहादुर थापा
  38. रोल्पा, लुङग्री गाउँपालिका: दुर्गाबहादुर खड्का
  39. बाँके, डुुडुवा गाउँपालिका: नरेन्द्र चौधरी
  40. बर्दिया, गुलरिया नगरपालिका :मुक्तिनाथ यादव
  41. गुल्मी, सत्यवती गाउँपालिकाः पारिश्रर ढकाल
  42. अर्घाखाँची, शितगंगा नगरपालिकामा: सूर्य अधिकारी
  43. बैतडी, मेलौली नगरपालिकाः कृष्णसिह नायक
  44. प्यूठान, एेरावती गाउँपालिकाः  नबिलबिक्रम शाह
  45. दार्चुला, दुहुँ गाउँपालिकाः पुलेन्द्रवहादुर कार्की
  46. बाजुरा, बुढीगंगा नगरपालिकाः दिपकविक्रम शाह
  47. अछाम, ढकारी गाउँपालिकामाः धनबहादुर बुढा
  48. पाल्पा, रैनादेवी छहरा गाउँपालिकाः रामबहादुर कार्की
  49. बझाङ, खप्तडछान्ना गाउँपालिकाः बर्कबहादुर रोका
  50. तेह्रथुम, लालीगुराँस नगरपालिकाः अर्जुन माबोहाङ
  51. बैतडी, पाटन नगरपालिकाः केशवबहादुर चन्द
  52. अछाम, बान्नीगढी जयगढ गाउँपालिकाः राजेन्द्र बहादुर खड्का
  53. बैतडी, सिगास गाउँपालिकाः हरिसिंह धामी
  54. डडेलधुरा, परशुराम नगरपालिकाः भीमबहादुर साउद
  55. सोलुखुम्बु, सोलु दूधकुण्ड नगरपालिकाः नाम्गेल जाङ्गबु शेर्पा
  56. पाँचथर, फालेलुंग गाउँपालिकाः सञ्चकुमार केरुङ
  57. प्यूठान, गाैमुखी गाउँपालिकाः विष्णुकुमार गिरी
  58. डोटी, शिखर नगरपालिकाः सीताराम जोशी
  59. भोजपुर, साल्पासिलिछो गाउँपालिकाः महेश राई
  60. इलाम, माङसेबुङ गाउँपालिकाः डिकेन्द्र इदिङ्गो
  61. बाँके,राप्तीसोनारी गाउँपालिकाः लाहुराम थारु
  62. संखुवासभा, पाँचखपन नगरपालिकाः विपिन राई
  63. अछाम, प‌ंचदेवल विनायक नगरपालिकाः देवराज देवकोटा
  64. संखुवासभा, धर्मादेवी नगरपालिकाः रमेश जिमी
  65. खोटाङ, बराहपोखरी गाउँपालिकाः शालिकराम बञ्जारा
  66. कन्चनपुर, महाकाली नगरपालिकाः वीरवहादुर सुनार
  67. प्यूठान, नौवहिनी गाउँपालिका: शिव रिजाल
  68. अर्घाखाँची, पाणिनी गाउँपालिका: अच्युत गाैतम
  69. पाँचथर, फाल्गुनन्द गाउँपालिका: अमरकुमार नेम्वाङ
  70. नवलपरासी, रामग्राम नगरपालिका: नरेन्द्र कुमार गुप्ता
  71. दाङ,  शान्तिनगर गाउँपालिका: कमल डाँगी
  72. कपिलवस्तु, यशाेधरा गाउँपालिका: गिरजेशकुमार पाण्डे
  73. बर्दिया, गेरुवा गाउँपालिका: जमानसिंह क्षेत्री
  74. इलाम, राेङ गाउँपालिका: शम्सेर रार्इ
  75. ओखलढुङ्गा,  खिजिदेम्बा गाउँपालिका: वेदबहादुर राेका
  76. अछाम, तुर्माखाँदी गाउँपालिका: पुष्पराज शर्मा
  77. पाल्पा,  रामपुर नगरपालिका: रमणबहादुर थापा
  78. खोटाङ, हलेसी तुवाचुङ नगरपालिकाः इवन राई
  79. ताप्लेजुङ, सिरीजंगा गाउँपालिकाः टिकाराम गुरुङ
  80. पाल्पा, बगनासकाली गाउँपालिकाः कृष्ण प्रसाद बस्याल
  81. दार्चुला, व्यास गाउँपालिकाः दिलीप बुढाथोकी
  82. पाँचथर, फिदिम नगरपालिकाः अोनाहाङ नेम्वाङ
  83. बाजुरा, बुढीनन्दा नगरपालिकाः पदमकुमार गिरी
  84. भोजपुर, षडानन्द नगरपालिकाः वीरबल राई
  85. मोरङ, रतुवामाइ नगरपालिकाः रविन राई
  86. ओखलढुँगा, सुनकोशी गाउँपालिकाः रुद्र अधिकारी
  87. ओखलढुँगा, चम्पादेवी गाउँपालिकाः नवराज केसी
  88. सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिकाः नाम्गेलजाङबु शेर्पा
  89.  कन्चनपुर, शुक्लाफाँट नगरपालिकाः दिल बहादुर एेयर
  90. ओखलढुँगा, मानेभन्ज्याङ गाउँपालिकाः मोतिराज राई
  91. इलाम, रोङ गाउँपालिकाः  शम्सेर राई
  92. मोरङ, सुनवर्षी नगरपालिकाः कालीप्रसाद दास
  93. इलाम, फाकफोकथुम गाउँपालिकाः राम श्रेष्ठ
  94. अर्घाखाँची, सन्धीखर्क नगरपालिकाः कमलप्रसाद भूसाल
  95. कपिलबस्तु, यशोधरा गाउँपालिकाः गिरजेशकुमार पाण्डे
  96. रुपन्देही, मायादेवी गाउँपालिकाः ध्रुवनारायण चौधरी
  97. मोरङ, लेटाङ नगरपालिकाः शंकर राई
  98. माेरङ, केराबारी गाउँपालिकाः राेहित कार्की
  99. उदयपुर, चाैदण्डीनगरपालिकाः खगेन्द्र राई
  100. दाङ, राप्ती गाउँपालिकाः नुमानन्द सुवेदी
  101. झापा, झापा गाउँपालिकाः जयनारायण साह
  102. रुपन्देही, देबदह नगरपालिकाः हिरा केसी
  103. सुनसरी, गढी गाउँपालिकाः श्रीप्रसाद यादव
  104. सुनसरी, इनरूवा नगरपालिकाः राजन मेहता
  105. सुनसरी, हरिनगरा गाउँपालिकाः गफार अन्सारी
  106. सुनसरी, रामधुनी नगरपालिकाः जयप्रसाद चौधरी
  107. कैलाली, बर्दगोरीया गाउँपालिका: बलीराम चाैधरी

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS