सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माओवादी केन्द्र विजयी भएका स्थानीय तहको सुची

दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा हालसम्मको परिणाम अनुसार एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेस एमालेको पछीपछी दोस्रो स्थानमा छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

अहिलेसम्म संघिय समाजवादी फोरम र नयाँ शक्ति गठबन्धन ६ स्थानीय तहमा विजयी भएको छ भने फोरम लोकतान्त्रिक ४ ठाउँमा विजयी भएको छ । राप्रपा पनि २ स्थानीय तहमा विजयी भएको छ । स्वतन्त्र उम्मेद्वार एक ठाउँमा विजयी भएका छन ।

मतगणना भइरहेका ठाउँमा पनि एमालेले कांग्रेसलाई पछि पारिरहेको छ ।
यसपटक कतिपय पार्टीका गढ भत्किएका छन् । दोस्रो चरणको चुनावमा एमालेले धनकुटा र माओवादीले रुकुमका सबै स्थानीय तह जितेर ‘क्लिन स्वीप’ गरेका छन् ।

पहिलो संविधान सभा निर्वाचनमा पहिलो बनेको माओवादी दोस्रो संविधान सभा निर्वाचन हुँदै स्थानीय तहको निर्वाचनसम्म आईपुग्दा तेस्रो स्थानमा खुम्चिएको छ । पटकपटक सरकार संचालनकर्ता भएको र चुनावी सरकार समेत चलाएको माओवादी केन्द्रको यो परिणामलाई जनमत घट्दै गएको संकेतको रुपमा लिईएको छ ।

माओवादी केन्द्र विजयी भएका स्थानीय तहको सुची

  1. सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
  2. सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
  3. दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
  4. रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
  5. रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
  6. रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम
  7. डडेलधुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’
  8. डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
  9. रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती
  10. कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक
  11. रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर
  12. रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी
  13. भोजपुर, आमचोक गाउँपालिकाः अशोक राई
  14. खोटाङ, साकेला गाउँवपालिकाः अर्जुन कुमार खड्का
  15. ओखलढुंगा, चिशंखुगढी गाउँपालिकाः निशान्त शर्मा
  16. दार्चुला, मार्मा गाउँपालिकाः जमनसिंह धामी
  17. रोल्पा, सुकीदह गाउँपालिकाः वीरबहादुर केसी
  18. गुल्मी, धुर्कोट गाउँपालिकाः भुपाल पोखरेल
  19. रोल्पा, माडी गाउँपालिकाः नन्द बहादुर पुन
  20. अछाम, मेल्लेख गाउँपालिकास् लोकबहादुर बोहरा
  21. उदयपुर, सुनकोशी गाउँपालिकाः मेजरकुमार राई
  22. रोल्पा, रोल्पा नगरपालिकाः पुर्ण केसी
  23. पाँचथर, मिक्लाजुङ गाउँपालिकाः अमरराज माखिम
  24. नवलपरासी, पाल्हीनन्दन गाउँपालिकाः विजयी दीपक गुप्ता
  25. रोल्पा, सुवर्णावती गाउँपालिका स्गुणेन्द्र घर्ती
  26. बैतडी, पुर्चौडी लगरपालिकाः रणबहादुर कुँवर
  27. बर्दिया, मधुवन नगरपालिकाः गणेश केसी
  28. बर्दिया, बारबर्दिया नगरपालिकाः दुर्गाबहादुर चौधरी
  29. अर्घाखाँची, भूमिकास्थान नगरपालिकाः रेसम थापा
  30. सोलुखुम्बु, दूधकौशिका गाउँपालिकाः असीम राई
  31. रुपन्देही, ओमसतिया गाउँपालिकाः हिराकुमार केबट
  32. अछाम, रामारोशन गाउँपालिकाः झंकर साउद्
  33. बर्दिया, राजापुर नगरपालिकाः शिबप्रसाद चाैधरी
  34. प्यूठान, प्युठान नगरपालिकाः अर्जुनकुमार कक्षपति
  35. कैलाली, कैलाली गाउँपालिकाः लाजु राम चौधरी
  36. कैलाली, भजनी नगरपालिका: शेरबहादुर चौधरी

फेसबुकबाट कमेन्ट गर्नुहोस्