सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

खुमबहादुर खड्काको गृहनगर लमहीमा एमाले विजयी

दाङको लमही नगरपालिकाको मेयरमा एमालेका उम्मेद्वार कुलबहादुर केसी विजयी भएको छ । लमही नगरपालिका कांग्रेस नेता खुमबहादुर खड्काको गृहनगर हो । लमहीमा कांग्रेसका डिल्लीबहादुर खड्का बागी उम्मेद्वार बनेका थिए ।

खुमबहादुर निकट कांग्रेसका आधिकारिक उम्मेदवार जोगराज चौधरीलाई ८३ मत अन्तरले पछि पार्दै एमालेका केसी लमही नगरपालिकाको पहिलो मेयर बन्न सफल भएका हुन् । केसीले ५ हजार १५२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ५ हजार ६९ मत पाए ।

माओवादी केन्द्रकी उम्मेदवार दौपती पौडेलले ४ हजार ८१ मत पाएकी छिन । कांग्रेसका बागी उम्मेदवार डिल्लीबहादुर खड्काले २३९ मत पाएका छन् ।

उपमेयरमा भने कांग्रेसकी देवका बेल्बासे निर्वाचित भएकी छन् । उनले एमाले उम्मेद्वार मीना गुरुङलाई १७२ मत अन्तरले हराएकी हुन । बेल्बासेले ५ हजार १५ मत पाएकी छन् भने गुरुङले ४ हजार ८४३ मत पाएकी छन् । माओवादीको उपमेयर उम्मेदवार कालुराम चौधरीले ४ हजार ४२ मत पाएका छन ।

दाङका १० स्थानीय तहमध्ये एमालेले पाँच तह जितिसकेको छ । एमालेले घोराही उपमहानगरपालिका र लमही नगरपालिकासहित गढवा गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिका जितेको छ ।

मतपरिणाम आउन बाँकी तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेका उम्मेदवार घनश्याम पाण्डेले अग्रता कायम राखेका छन् ।

यसैगरी कांग्रेसले राप्ती, राजपुर र शान्तिनगर गाउँपालिका जित्दा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकामा विजयी भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS