सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले विजयी

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयर र उपमेयर दुबै पदमा एमाले विजयी भएको हो ।

तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी तालमेल थियो । उनीहरु एउटै चुनाव चिन्ह रुखमा चुनाव लडेका थिए ।

एमालेबाट मेयर पदका उम्मेदवार बासुदेव घिमिरेले १९ हजार ८४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका रामकृष्ण खांणले १६ हजार २ सय ६४ मत ल्याए ।

उपमेयरमा पनि एमाले बिजयी भएको छ । एमालेकै जागेश्वरी चौधरीले १९ हजार २ हजार २४ मत ल्याएर विजयी भएकी छिन । उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनमुक्तिकी गीता सारुको १६ हजार ६ मत आएको छ ।

यो कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांण र एमाले उपमहासचिव घनश्याम भुसालको गृहनगर समेत हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS