सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धनगढी उप–महानगरमा कांग्रेसको सानदार जित

धेरैको चासोको विषय रहेको प्रदेश नम्बर सातको धनगढी उप–महानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेपाली कांगेस विजयी भएको छ । आज बिहान सार्वजनिक भएको परिणाम अनुसार मेयरमा कांग्रेसका नृपबहादुर वडले निकटतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार गोपाल हमाललाई २७९७ मतले पछि पार्दै प्रमुखमा विजयी भएका हुन ।

उनले १४३२४ मत ल्याए भने उनका प्रतिस्पर्धी हमालले ११५२७ मत पाएका थिए । यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी सुशीला मिश्र भट्ट विजयी भएकी छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी रुक्मणी देवकोटालाई ४६४५ मतले पछि पार्दै उपमेयरमा विजयी भएकी छिन ।

भट्टले १७४०८ मत पाउँदा उनकी प्रतिस्पर्धी देवकोटाले १२७६३ मत ल्याएकी छिन । यस्तै धनगढीका १९ वटा वडा मध्ये कांग्रेसले प्यानल र अध्यक्षमात्र गरी १२, माओवादी केन्द्रले ४ र एमालेले ३ वडामा जित हात पारेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्