काठेपुल भाचिँएर तिन युवक खोलामा बेपत्ता
बझाङमा खोलाले बगाएर आइतबार ३ जना बालक बेपत्ता भएका छन् । बझाङको काँडा गाउँपालिका–२ धलौनका १५ वर्षीय लोकेन्द्र बोहरा, १४ वर्षीय धिरेन्द्र बोहरा र १६ वर्षीय उज्ज्वल बोेहरा बेपत्ता भएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन ।
काँडा गाउँपालिका–२ स्थित घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा तीनैजना बेपत्ता भएका हुन् । खोलामा झोलुङ्गे पुल नहुँदा यहाँका स्थानीय बासिन्दा बर्सेनि अकालमै ज्यान गुमाउन बाध्य छन् । बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्