काठमाण्डौमा भाडामा गर्भवती बनिदिनेहरु बढ्दै
गर्भ भाडामा लगाउन नेपालमा कानुनी व्यवस्था नभएपनि कानुनले अरुको बच्चा जन्माउनलाई भने रोकेको छैन् । भाडामा सन्तान जन्माउने प्रणाली सेरोगेट मदरलाई व्यवस्थित गर्ने विषयमा भने असोज २ गते मन्त्रिपरिषदको बैठकले बताइसकेको छ ।
हाल बच्चा हुर्काएको कोखको भाडा लिएर आमा बन्न कानुन व्यवस्थित हुने क्रममा रहेको छ, उक्त कानुनले सेरोेगेट मदर बन्नको लागी मापदण्ड निर्धारण गर्नेछ ।
पश्चिमी मुलुकका महिलाले विदेशीको गर्भको भाडा लिँदा विदेशीबाट करिब १ लाख ५० हजार डलर पाउँछन् । तर नेपालमा ६ हजार डलर सम्ममा गर्भ भाडामा पाइने कारणले गर्दा नेपालप्रति विदेशीहरु आकर्षित भएको बुझाइ रहेको छ ।
भारत, पाकिस्तान, युरोप लगायतका केही देशका पुरुषको लागि नेपाली महिलाहरु गर्भवती हुने गरेका छन् । नाम चलेका युवतीहरु पछिल्लो समयमा बच्चा जन्माउनको लागि अन्य विकसीत देशमा समेत पुगेको पाईएको छ ।
विदेशीसँग मोटो रकम पाउने र उतै रहने कानुनी सर्तमा महिलाहरु गर्भवती बनिदिने गरेका छन् । नेपालमा खुलमखुल्ला कानुनी रुपमा सेरोगेट मदरको कानुनी व्यवस्था नभएपनि कानुन अभावको फाईदा उठाउँदै थुप्रै महिला सेरोगेट मदर बन्ने गरेको पाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्