सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अगस्ट १२ मा चितवन समाज जापानको अधिवेशन


चितवन समाज जापानको केन्द्रीय अधिवेशन आऊँदो अगस्त १२ तारीख शनिवारका दिन हुने भएको छ । केन्द्रीय अधिवेशन टोकियोको सिनोकुबोमा रहेको नमस्ते गीत गजलको सभाहलमा दिउँसो १२ बजेदेखी सुरु हुने बताईएको छ ।

केन्द्रीय उपाध्यक्ष राजनकुमार श्रेस्ठका अनुसार अधिबेशन भव्य र सभ्य रुपमा सम्पन्न गराउने तयारी भईरहेको छ । अधिवेशनमा जापानमा रहेका सबै चितवनवासीहरूको उपस्थिति रहने श्रेष्ठले जानकारी दिएका छन ।

अधिवेशनले चितवन समाज जापानको २ वर्षको लागी नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । साथै वर्तमान कार्यसमितिले २ वर्षको अवधिमा गरेका कामहरु पनि सार्वजनिक गरिने केन्द्रीय अध्यक्ष सरोज कंडेलले जानकारी दिएका छन ।

समाजले अधिवेशनमा सहभागी हुनको लागी अनिवार्य रुपमा अगस्त १० सम्म चितवन समाज जापानको सदस्यता लिन जापानमा रहेका चितवनवासीलाई अनुरोध गरिएको छ ।

समाजको सदस्यता तथा नविकरणका लागी महासचिव छविलाल सापकोटा र केन्द्रीय कोषाध्यक्ष हरिचन्द्र पौडेललाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

सन्तोष चोखाल
टोक्यो

फेसबुकबाट कमेन्ट गर्नुहोस्