सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एनआरएनए जापानको महासचिवमा रेग्मीको उम्मेद्वारी

नेपालमा रुकुम घर भई हाल जापान बस्दै आएका बिशेश्वर रेग्मीले गैर आवासीय नेपाली संघ जापानको आसन्न चुनावका लागी महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । जापानमा लामो समयदेखी बिभिन्न संघसंस्थाहरुमा रही नेपालीहरुको हकहितका लागी काम गर्दै आएका रेग्मी हाल राप्ति सोसाईटी जापानको अध्यक्ष हुन ।

यसअघि सन् २०१०–११ र २०११–१३ गरी दुई कार्यकाल एनआरएनए जापानको कार्यकारी सदस्यका रुपमा काम गरिसकेका रेग्मी सन् २००५ मा अध्ययनका लागी जापान आएका हुन । जापानकै टोक्योस्थित रिक्यो युनिभर्सिटीबाट पर्यटन विषयमा स्नातकोत्तरको पढाई सकाएका रेग्मीले सन् २००८ मा नेपाली विद्यार्थी समाजमा पनि कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका छन ।

जापानमा नेपालीहरुलाई भैपरी आउने समस्याहरुमा हातेमालो गर्दै आएका रेग्मी सन् २०१५–१७ मा एनआरएनए कान्तो क्षेत्रिय समितिको सल्लाहकार थिए । आसन्न निर्वाचनमा ९ बुँदे प्रतिवद्धता जारी गर्दै रेग्मीले आउँदा दिनमा जापानवासी नेपालीहरुको हितका लागी अँझ सक्रिय रुपमा काम गर्नका लागी आफुलाई मतदान गर्न उनले सबैसँग अपिल गरेका छन ।

प्रतिवद्धता पत्रमा उनले एनआरएनका १३ ओटै क्षेत्रिय समितिहरुमा ‘मिनि नेपाल डे’ आयोजनाका लागी पहल गर्ने बताएका छन । त्यस्तै नेपालको पर्यटन विकासका लागी जापानका ‘डेस्टिनेसन म्यानेजमेन्ट कम्पनी’हरुसँग सहकार्य गर्ने योजनालाई पनि उनले प्रतिवद्धता पत्रमा समेटेका छन ।

हाल एनआरएनए जापानको सदस्यता लिनका लागी निश्चित समयावधी रहेकोमा आगामी दिनमा जतिसुकै बेला पनि सदस्यता लिन सक्ने वातावरण बनाउन पहल गर्ने पनि उनको प्रतिवद्धतामा समेटिएको छ ।

रेग्मीको प्रतिवद्धता पत्र जस्ताको तस्तैः

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F07%2F%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AC%E0%A4%A7%E0%A5%8D%E0%A4%A6%E0%A4%A4%E0%A4%BE.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS