सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एनआरएनए जापानको महासचिवमा रेग्मीको उम्मेद्वारी

नेपालमा रुकुम घर भई हाल जापान बस्दै आएका बिशेश्वर रेग्मीले गैर आवासीय नेपाली संघ जापानको आसन्न चुनावका लागी महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । जापानमा लामो समयदेखी बिभिन्न संघसंस्थाहरुमा रही नेपालीहरुको हकहितका लागी काम गर्दै आएका रेग्मी हाल राप्ति सोसाईटी जापानको अध्यक्ष हुन ।

यसअघि सन् २०१०–११ र २०११–१३ गरी दुई कार्यकाल एनआरएनए जापानको कार्यकारी सदस्यका रुपमा काम गरिसकेका रेग्मी सन् २००५ मा अध्ययनका लागी जापान आएका हुन । जापानकै टोक्योस्थित रिक्यो युनिभर्सिटीबाट पर्यटन विषयमा स्नातकोत्तरको पढाई सकाएका रेग्मीले सन् २००८ मा नेपाली विद्यार्थी समाजमा पनि कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका छन ।

जापानमा नेपालीहरुलाई भैपरी आउने समस्याहरुमा हातेमालो गर्दै आएका रेग्मी सन् २०१५–१७ मा एनआरएनए कान्तो क्षेत्रिय समितिको सल्लाहकार थिए । आसन्न निर्वाचनमा ९ बुँदे प्रतिवद्धता जारी गर्दै रेग्मीले आउँदा दिनमा जापानवासी नेपालीहरुको हितका लागी अँझ सक्रिय रुपमा काम गर्नका लागी आफुलाई मतदान गर्न उनले सबैसँग अपिल गरेका छन ।

प्रतिवद्धता पत्रमा उनले एनआरएनका १३ ओटै क्षेत्रिय समितिहरुमा ‘मिनि नेपाल डे’ आयोजनाका लागी पहल गर्ने बताएका छन । त्यस्तै नेपालको पर्यटन विकासका लागी जापानका ‘डेस्टिनेसन म्यानेजमेन्ट कम्पनी’हरुसँग सहकार्य गर्ने योजनालाई पनि उनले प्रतिवद्धता पत्रमा समेटेका छन ।

हाल एनआरएनए जापानको सदस्यता लिनका लागी निश्चित समयावधी रहेकोमा आगामी दिनमा जतिसुकै बेला पनि सदस्यता लिन सक्ने वातावरण बनाउन पहल गर्ने पनि उनको प्रतिवद्धतामा समेटिएको छ ।

रेग्मीको प्रतिवद्धता पत्र जस्ताको तस्तैः

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F07%2F%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%AC%E0%A4%A7%E0%A5%8D%E0%A4%A6%E0%A4%A4%E0%A4%BE.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्