सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्वाईनफ्लुका बिरामी आत्तिन थाले, तिन जनाको मृत्यु

काठमाडौंमा स्वाईनफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएका छन ।

छिटोछरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी अस्पतालका साथै सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनका अनुसार नेपालमा जुन महिनाको अन्तदेखि नै स्वाइनफ्लु सुरु भएको हो ।

पुनका अनुसार यो रोग फैलिन्छ भन्ने विषयमा सरकारलाई जानकारी नभएको पनि होइन । सरकारले गम्भीर रुपमा नलिएका कारण विरामी मर्नुपर्ने अवस्थामा पुगेका छन् ।

अहिले पनि सरकारले खासै निती बनाएर जनचेतना र सुरक्षा अपनाएको पाइन्न । यतिबेला अस्पतालमा भर्ना भएका र परीक्षणका लागि आएका बिरामीहरु स्वाइनफ्लुका कारण मान्छे नै मर्न थालेपछि आत्तिएर आउने गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्