सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बाबा ममीले यौन सम्पर्क गरेको सबै थाहा हुन्छ !

बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु । कुनैबेला त देखेर पनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ?

यो एक किशोरीले मनोचिकित्सकसंग राखेको जिज्ञासा हो । सामान्यतया यस्ता खालका घटना सबैको परिवारमा हुन्छन । अभिभावकले सामान्य सोचेका घटनाहरु छोराछोरीलाई प्रश्नमा भनिए झैँ दिक्क लाग्ने र समस्याको कारण बन्न सक्छ । अभिभावकले सामान्य ख्याल नगर्दा सन्तानमा पर्न जाने असरको न्युनिकरण गर्न सहज होस भन्ने उद्देष्यले हामीले यो प्रश्न र यसको जवाफलाई जस्ताको त्यस्तै प्रस्तुत गरेका हौँ । यस्तो छ जवाफः

परिवारमा अभिभावकहरु बीच भएका यस्ता यौन क्रियाकलापका गतिविधिहरु कतिपय छोराछोरीहरुले थाहा पाएका हुन्छन । यो एक किसिमको खुल्ला गोपनीयता जस्तै हुने गरेको धेरै बालबालिकाले आफ्ना मिल्ने साथीहरुसँग गुनासो गरेका हुन्छन ।

त्यस्तो अनुभव गरेको प्राय छोराछोरीहरुले यसलाई समान्य रुपमा नै लिएका हुन्छन । तर पनि सबै बालबालिकाले अभिभावकहरुको यस्तो व्यवहार समान्य रुपमा स्वीकार्न सकेका हुदैनन ।

छोराछोरीहरु जो किशोर अवस्थामा पुग्न थाल्दछन, उनिहरुको शारीरिक मानसिक र संवेगात्मक परिवर्तनहरू तीव्र गतिले भइरहेको हुन्छ । सम्झनुहोस् त तपाई आजभन्दा २–४ वर्ष अघि कस्तो हुनुहुन्थ्यो ? शरीर सानो थियो होला । महिनावारी भर्खर शुरु भएको थियो होला ।

स्तन दुख्ने र विस्तारै त्यो स्तन बढ्दै जान थाल्यो होला । यी परिवर्तहरू सँगै तपाईमा यौन आकर्षण वा यौन प्रतिको रुचि र त्यसलाई नजिकबाट नियालेर हेर्न खोज्ने स्वभाव विकास भएको हुनुपर्दछ । त्यसैले, तपाईले बाबा ममीले गरेको यौन क्रियाकलापको हेक्का राख्न थाल्नुभयो ।

अभिभावकहरुले यौनसम्पर्क गरेको थाहा पाउँदा तपाईलाई उहाँहरू प्रति घृणाभाव विकास हुनु पनि तपाईमा हुर्कँदै गरेको यौन भावना र चाहानाको उपज हो । यसमा तपाईले दिक्क वा अप्ठ्यारो मान्नु भन्दा पनि सहज र सामान्य रूपमा लिनु पर्छ ।

विर्सनु नहुने कुरा के भने तपाई हामी यदि हाम्रा आमाबुबाले यौन सम्पर्क नगरेको भए जन्मिने नै थिएनौँ । त्यसैले, स्वीकार्न पर्ने कुरा के हो भने जसका पनि आमाबुबाले यौनसम्पर्क गर्छन ।

बरु उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज बनाइदिन तपाईले गर्न सक्नेसम्मको मद्दत गर्नुपर्छ । नरिसाइकन अनुकुल वातावरण भएको समयमा राम्रोसँग कुरा गर्न सक्नुहुन्छ, छोरीले ममीसँग र छोराले बाबासँग कुरा गर्न कुनै अप्ठ्यारो मान्न पर्दैन । यौनका बारेमा खुलेर कुरा नगर्दा त्यसले सधैं नराम्रो असर पारिरहेको हुन्छ ।

बाबाममीको यौन कृयाकलापहरु तपाईले थाहा पाएको छैन भन्ने लागेको हुनसक्छ वा यदि थाहा पाएको छ भन्ने लागेको भएपनि तपाईले आफुलाई उहाँहरुको कृयाकलापका कारणले परेको समस्या यथार्थमा स्पष्टसँग भन्दा राम्रो हुन्छ किन कि कसरी गोपनीयता कायम गर्ने भनेर उहाँहरु बीच पनि कुराकानी हुन पाउँछ ।

कुरा रह्यो तपाइलाई बाबाममीको यौनसम्पर्कले गर्दा दिक्क लागेको कुरा, यो दिक्क मान्न पर्ने कुरा होइन । किनकि समाजले यसलाई लाजसरमको विषयबस्तुको रुपमा लिएको हुनाले हामीलाई पनि त्यसको प्रभाव परेको हो ।

यौन र यौनिकताका बारेमा हामीले कहिल्यै पनि सही जानाकारी नपाएका कारण र अझ त्यससम्बन्धी भ्रमहरु धेरै भएकाले दिक्क लागेको मात्र हो । श्रीमान श्रीमती बीचमा यौनसम्पर्क हुनु सामान्य कुरा हो । त्यसको समाधानको उपाय तपाईसँग मात्रै छ जुन अत्यन्तै सहज तरिकाले समाधान गर्नसक्नु हुन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्