सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नागोयामा ४ लाख राशीको भलिवल प्रतियोगिता

महिलाहरुको महान चाड हरितालीका तीजको अवसरमा नागोयाबासी नेपाली विद्यार्थीहरुको संस्था नेपाली विद्यार्थी युनियनको आयोजनामा भलिवल प्रतियोगिता हुने भएको छ ।

तीजको अवसर पारी नेपाली विद्यार्थी युनियनले यही अगष्ट १७ तारिखका दिन प्रतियोगिता आयोजना गर्न लागेको हो । विहान ९ बजेदेखी सुरु हुने खेल नागोयाको आराईचो यामानोतोमा रहेको नागोया साङ्ग्यो युनिभर्सिटीको हलमा हुने छ ।

भलिवल प्रतियोगितामा सहभागी हुनका लागी अगष्ट १५ तारिख सम्म टिम दर्ता गर्ने मिति तोकिएको छ । टिम दर्ताका लागी ४ मान शुल्क तोकिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार येन नगद पुरस्कार र साथमा कप, मेडल र प्रमाणपत्र जित्नेछ भने दोस्रो हुने टिमले १ लाख ५० हजार येन नगद पुरस्कारका साथै कप, मेडर र प्रमाणपत्र जित्नेछ ।

खेल स्वास्थ्यका लागी, खेलाडी राष्ट्रका लागी भन्ने नाराका साथ हुन गईरहेको प्रतियोगिताको आयोजक संस्था नेपाली विद्यार्थी युनियनका खेलकुद संयोजक प्रेम पुनका अनुसार प्रतियोगितामा करिब १० ओटा टिम सहभागी हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS