सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

व्यक्ति होईन मुद्दामा सहमति गर्न तयार छु: अनुज

गैर आवासीय नेपाली महासंघ जापानका महासचिव तथा आसन्न निर्वाचनमा अध्यक्षका उम्मेद्वार अनुज थापाले अध्यक्ष पदका लागी आफुले छाड्ने गरी सहमतिको सम्भावना नरहेको प्रस्ट पारेका छन ।

एभरेष्टवालसँगको कुराकानिका क्रममा महासचिव थापाले एनआरएनए जापानलाई अगाडी बढाउने सवालमा भने आफुभन्दा उत्तम र सही मुद्दा ल्याएर कोही आए आफुले बसेर छलफल गर्न तयार रहेको बताएका छन । अन्यथा बिना आधार सहमतिको सम्भावना नरहेको उनको भनाई छ ।

गैर आवासीय नेपाली संघ जापानले नेपाल र जापानबासी नेपालीका लागी गर्नुपर्ने महत्वपुर्ण कामहरुको योजना आफुसँग रहेकाले आफु अध्यक्ष पदका लागी सक्षम र उपयुक्त उम्मेद्वार रहेको महासचिव थापाको दावी छ ।

एनआरएनए जापानको नेतृत्वका लागी सही उम्मेद्वार को हो भन्ने जापानबासी नेपालीले बुझेकाले आफुलाई अध्यक्ष पदमा जिताउने पनि थापाको विश्वास छ । व्यक्ति भन्दा एजेण्डा महत्वपुर्ण हुने भन्दै महासचिव थापाले जापानबासी नेपालीको हित र सहयोगका लागी आफु हरतरहले खट्ने बताएका छन ।

विद्यार्थीलाई कामको समस्या, ट्याक्स छुटको पहल लगायतका चासोका बिषयमा आफ्नो मुख्य ध्यान रहने थापाको भनाई छ । एनआरएनए जापानलाई पर्यटन, प्रविधि र व्यापार लगायतका क्षेत्रमा नेपाल र जापानलाई जोड्ने पुलको रुपमा विकास गर्ने आफ्नो योजना रहेको थापाले बताएका छन ।

एनआरएनए जापानका महासचिव तथा अध्यक्ष पदका उम्मेद्वार अनुज थापासँगको पुरा कुराकानिः

https://www.youtube.com/watch?v=8fSni4zlAfA

फेसबुकबाट कमेन्ट गर्नुहोस्