तिज बिशेष कार्यक्रम गर्दै दर्शन समाज जापान
जापानबासी ठकुरीहरुको साझा संस्था दर्शन समाज जापानले हरितालिका तिजको अवसरमा अगष्ट १२ तारिखमा नागोयामा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
परदेशमा रहेर तिज मनाउन नपाउने नेपाली दिदिबहिनीहरुलाई तिजको झल्को मेटियोस भनेर तिज विशेष कार्यक्रम आयोजना गरिएको दर्शन समाज जापानका अध्यक्ष सुरज मल्लले बताएका छन ।
महिलाहरुको महान चाड हरितालिका तिजलाई आपसी मेलमिलाप र सहिष्णुताको पर्वका रुपमा मनाउनका लागी पनि तिज कार्यक्रमको आयोजना गरिएको अध्यक्ष मल्लको भनाई छ ।
तिज विशेष सांस्कृतिक कार्यक्रममा नागोयाबासी सबै नेपाली दिदिबहिनी तथा दाजुभाइलाई सहभागी हुन दर्शन समाज जापानले आग्रह गरिएको छ ।
कार्यक्रममा गायक मनोज केसि, लोकदोहोरी गायक सचिन चन्द ठकुरी, कलाकारहरु निशा मल्ल, रेश्मि खाँण, मिलन मल्ल लगायतको सांगितिक प्रस्तुती रहनेछ । बिभिन्न गित तथा आकर्षक नृत्यहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
स्थापनाकालदेखी नै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यहरु गर्दै आएको दर्शन समाज जापानले अगष्ट १९ तारिखमा टोक्योमा पनि तिज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्