गोर्खा घ्याल्चोकका डम्मरको जापानमा निधन
जापानको कोबे सिटिमा गोर्खाका डम्मरबहादुर गुरुङको असामयीक निधन भएको छ । सन् २०१५ को अप्रिल सेसनमा विद्यार्थी भिषाका रुपमा जापान आएका गोर्खा घ्याल्चोकका २८ बर्षिय गुरुङको आज मंगलबार बिहान निधन भएको हो ।
सोमबार राति १० बजे कामबाट आएर सकुशल सुतेका गुरुङ बिहान ६ः३० बजेतिर एक्कासी कराएको सुनेपछी संगै बस्ने साथीले हेर्दा उनी अचेत अवस्थामा थिए । साथी राजन सापकोटाले लगत्तै कोबे च्युओ हस्पिटलमा उपचारका लागी लगेकोमा बिहान ९ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
संगै बस्ने साथी राजन सापकोटाका अनुसार मृतक गुरुङ त्यस्तो कुनै विरामी पनि थिएनन । उनको मृत्युको बारेमा जापान प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । गुरुङको मृत्युबारे नेपालमा उनको परिवारलाई खबर गरिसकिएको बताईएको छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्