प्रवासी नेपालीको सपना नै मेरो प्रतिवद्धताः सिलवाल
जापानमा व्यवसाय गर्दै आएका द्रोण सिलवालले गैर–आवासिय नेपाली संघ(एनआरएनए) जापानको उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । विद्यार्थीका रुपमा जापान आएका सिलवाल पछिल्लो समय रिकन्डिसन गाडी व्यवसायीका रुपमा स्थापित भएका छन ।
उपाध्यक्षका उम्मेद्वार सिलवाल सन् २००५ देखी २०१० सम्म चेम्वर अफ नेप्लीज ट्रेडर्स (सिएनटी) निगाता जापानमा सदस्यको रुपमा काम गरिसकेका छन । त्यस्तै सन् २०१३ देखी २०१९ सम्म उनी एनआरएनए कोसिनेत्सुको सल्लाहकार भएर काम गरेका थिए ।
कर्मथलो जापानलाई बनाएपनि आफ्नो जन्मथलोलाई सकेजति योगदान दिने सिलवालले बिभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन । सिलवालले २०७२ सालको भुकम्प लगायत अन्य बाढीपहिरोले क्षती पुर्याएका नेपालीको लागि जापानबाट सहयोग जुटाउँदै आएका छन् ।
नेपालको कला, संस्कृती, भेषभुषा र पहिचानलाई चिनाउने नेपाली सोसाइटी निगाताका हरेक कार्यक्रममा उनि सक्रिय रुपमा सहभागी हुने गरेका छन । नेपालको पर्यटन र पहिचानसँग जोडिएको ‘बुद्ध बर्न इन नेपाल’ भन्ने अभियान संचालनमा उनको ठुलो योगदान रहनेको छ ।
उनले प्रवासमा रहेका सवै नेपालीलाई एनआरएनले एकताको सुत्रमा बाँध्नुपर्ने बताउँदै आएका छन । एनआरएनएको संस्थागत विकास र प्रवासी नेपालीको हितको लागि आफुले उपाध्यक्षमा उम्मेदवारी दिएको सिलवालले बताएका छन ।
उपाध्यक्षका उम्मेद्वार सिलवाल गैर आवासीय हरेक नेपालीको सपना नै आफ्नो प्रतिवद्धता भएको बताउँछन । प्रवासमा बसेपनि नेपालको विकासमा हरेक नेपालीको योगदान हुनुपर्छ भन्ने मान्यता नै आफ्नो मुल एजेण्डा भएको सिलवालको भनाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्