सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको तोचिगीसीमा एक नेपाली खोलामा बगेर बेपत्ता

जापानको तोचिगीकेनमा खोलामा पौडी खैल्न गएका एक नेपाली बगेर वेपत्ता भएका छन । तोचिगीकेनको तोचिगीसी स्थित स्थानीय खोलामा पाँच जना साथीहरु संगै पौडी खेल्न गएको बेला उनी बगेर बेपत्ता भएको उनीसँगै गएका साथीहरुले बताएका छन ।

पौडी खेल्ने क्रममा साथी एक्कासी हराएपछी साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्तासँगै पौडी खेल्न गएका साथीहरुका अनुसार मध्यान्ह ३ बजेतिर उनी वेपत्ता भएका थिए । वेपत्ता भएको खबर पाए लगत्तै स्थानीय प्रहरी, फायर फाईटरको टिम लगायतले व्यापक खोजी गरेपनि उनलाई फेला पार्न नसकेको साथीहरुले बताएका छन ।

बेपत्तालाई हेलिकप्टर मार्फत समेत २ घण्टा लगाएर खोजीएको थियो । आज अँध्यारो हुँदा सम्म पनि उनी नभेटिएपछी भोली बिहान ६ बजेदेखी खोजी गर्ने स्थानीय प्रहरीले बताएको छ ।

उनी बेपत्ता भएको खबर स्थानीय जापानी संचार माध्यमहरुले पनि प्रकाशन तथा प्रसारण गरिहेका छन । वेपत्ता व्यक्ति जिउँदो या मृत नभेटिएसम्म उनको नेपालको नाम र ठेगाना नखुलाउने भनिएकाले उनको विवरण खुलाईएको छैन ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्