सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खोई सिमा स्तम्भ ? हराए या गायव पारीयो ?

बर्दियाको नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ बर्षेनि हराउँदै जान थालेका छन् । बर्दियाको मानखोला पूर्वमा रहेको ४१ नम्बरको पिलरदेखि सीमावर्ती कतर्नियाको मुख्य पिलर नं. ९८ सम्मको ८२ किलोमटिरभित्र पर्ने पिलरहरु बर्षेनि हराउने गरेको पुष्टि भएको छ ।

यस वर्ष गुलरिया नगरपालिका–१० महजिदियास्थित गाडिएको ५ वटा सहायक स्तम्भ केही दिन अघि गायव पारिएको छ । नदी तटीय क्षेत्रका सीमा स्तम्भ बाढीले बगाउने प्रशासनले औंल्याए पनि अन्य सीमा स्तम्भ हराउने कारण पुष्टि हुन सकेको छैन ।

बर्षेनी सीमा स्तम्भ गायब हुने गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताएका छन । तथ्यांक अनुसार ०७०–०७१ मा १६, ०७१–०७२ मा ६ र ०७३–०७४ मा ५ वटा सीमा स्तम्भ हराएको देखिएको छ ।

केही सीमा स्तम्भ साविक ठाउँमा पहिलेदेखि नरहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन । सहायक र ठूला गरी ११२ वटा सीमा स्तम्भ नरहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्