सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चितवन युवा समुहको आपतकालिन खाद्यान सहयोग

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिती नेपाल र यससँग आवद्ध प्रवासका राष्ट्रिय समन्वय समितीका चितवनका सामाजिक संस्थाहरूले चितवन जिल्लाका अति प्रभावित स्थानमा आपतकालिन खाद्यान्न सहयोग गर्ने निर्णय गरेको छ ।

चितवन युवा समुह अन्तराष्ट्रीय समन्वय समिती नेपाल र यससँग समन्वय गरेका प्रवासका राष्ट्रिय समन्वय समितीको आज बसेको आपतकालिन बैठकमा चितवन जिल्लाका धेरै जसो स्थानमा भारी बर्षाका कारण आएको बाढीबाट भएको मानविय र भौतिक धनजनको क्षतिबारे छलफल गर्दै खाद्यान्न राहत सहयोग गर्ने निर्णय भएको हो ।

चितवनका राप्ती नगरपालिकाका पिप्ले, लोथर, कठार, बिरेन्द्रनगर, सौराहा, मेघौली, जगतपुर, शुक्रनगर र माडी नगरपालिकाका अधिकांश स्थानहरूमा दुई दिनदेखि परेको भारी बर्षाका कारण त्यस स्थानका स्थानिय बासिन्दाहरूलाई तत्कालको आपतकालिन राहतको लागी ड्राई फुडजन्य खाधान्न सामाग्री यथाशीघ्र पुर्याउन पहल गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले भोली श्रावण ३० गते देखि नै चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिती नेपाल राहात सामाग्री सहित चितवनका बाढी ग्रस्त क्षेत्रमा पुग्ने भएको छ । त्यसका लागी नेपाल सरकारको स्थानिय निकायसँग सहकार्य गर्दै आपतकालिन राहतको लागी खाधान्न सामाग्री उपलव्ध गराउने निर्णय भएको छ ।

आपतकालिन खाद्यान्न राहतको लागी हाल नेपाल स्थित चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितीको कोषबाट आर्थिक रकम उपलव्ध गराउने समितिका प्रवास संयोजक श्री समिर केसी जानकारी गराएका छन ।

अन्तराष्ट्रिय समन्वय समितीमा आबद्ध चितवन युवा समूह कतार, चितवन सेवा समाज बहराइन, चितवन समाज इजरायल, चितवन समाज यु.ए.इ, चितवन समाज जापान, चितवन सम्पर्क समिती कोरिया, चितवन सेवा समाज कुवेत, चितवन सेवा समाज साइप्रस, चितवन समाज आयरल्यान्ड, चितवन समाज डेनमार्कले सहयोग संकलन गर्ने भएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्