सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एनसीसी कतारको लेखासमिति सदस्यमा कार्कीको उमेद्वारी


कतार, दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको लेखा समिति सदस्य पदमा मोना कतारका भूपू अध्यक्ष तथा वर्तमान कार्यसमिति संरक्षक, समाजसेवी विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

बिभिन्न पदका लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक कमलमणी गुरागाईले जानकारी दिएका छन । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको यही अगस्त १८ मा हुने सातौँ राष्ट्रीय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने छ ।

नयाँ कार्यसमिति चयनका लागी सेप्टेम्वर १ मा निर्वाचन हुने गरि कार्यतालीका सार्वजनिक भएको छ । म्याग्दीका कार्की लामो समयदेखी कतारमा बस्दै आएका छन । कार्की कतारका बिभिन्न नेपाली संघ संस्थामा आबद्द भई सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन ।

आफ्नो उम्मेद्वारी दर्तापछी कुरा गर्दै कार्कीले भने–‘यस पटक म एनआरएनए कतारको लेखा समिति सदस्यमा आऊँदै गर्दा सम्पूर्ण कतारवासी नेपाली दाजुभाई तथा दिदी, बहिनीहरूको साथ पाउनेमा ढ़ुक्क छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्