सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आयोजकले जित्यो नागोयाको भलिवल प्रतियोगितामा

नागोयाबासी नेपाली विद्यार्थीहरुको संस्था नेपाली विद्यार्थी युनियनको आयोजनामा भएको खुल्ला पुरुष भलिवल प्रतियोगितामा आयोजक टिम नै प्रथम भएको छ ।

हिँजो अगष्ट १७ तारिख शुक्रबार भएको भलिवल प्रतियोगितामा बिन्दी रेष्टुरेन्टको टोलीलाई हराउँदै आयोजक टोली पहिलो भएको हो । नागोयाको आराईचो यामानोतोमा रहेको नागोया साङ्ग्यो युनिभर्सिटीको हलमा भएको खेलमा बिन्दी रेष्टुरेन्टको टोली दोस्रो भएको छ ।

हरितालिका तीज र गर्मी विदाको अवसर पारी आयोजना गरिएको भलिवल प्रतियोगितामा म्यान अफ द म्याच र बेस्ट प्लेयरको उपाधीको पनि व्यवस्था गरिएको थियो । बेस्ट प्लेयरको उपाधी बिन्दी रेष्टुरेन्टका टिम क्याप्टेन डम्बर बस्नेतले हात पारेका छन ।

प्रतियोगितामा ८ टिम सहभागी भएको नेपाली विद्यार्थी युनियनका खेल संयोजक प्रेम पुनले बताएका छन । प्रतियोगितामा प्रथम हुने आयोजक टिमले २ लाख ५० हजार येन नगद पुरस्कार र साथमा कप, मेडल र प्रमाणपत्र जितेको छ भने दोस्रो हुने बिन्दी रेष्टुरेन्टको टिमले १ लाख ५० हजार येन नगद पुरस्कारका साथै कप, मेडर र प्रमाणपत्र जितेको छ ।

खेल स्वास्थ्यका लागी, खेलाडी राष्ट्रका लागी भन्ने नाराका साथ आयोजना गरिएको खेलको विजेता टिमलाई प्रमुख अतिथी एनआरएनए नागोयाका संयोजक दिपक कार्कीले पुरस्कार प्रदान गरेका थिए ।

नेपाली विद्यार्थी युनियनका अध्यक्ष देव केसीको सभापतित्वमा भएको पुरस्कार वितरण समारोह कार्यक्रमलाई युनियनका सचिव विजय गुरुङ्ग र युनिटी गाईजका उपाध्यक्ष मनोज केसीले संचालन गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्