सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानको तोचिगीमा बस्नेलाई पैसा पठाउन निशुल्क

नेपालमा पैसा पठाउन जापानको नम्बर १ रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफरले शनिबार देखि तोचिगीबाट आफ्नो सेवा सुरु गरेको छ । जापानमा आक्रामक रुपमा बजार विस्तार गरिरहेको सिटी एक्सप्रेसले तोचिगीसीस्थित खावाईच्योबाट औपचारीक रुपमा सेवा प्रारम्भ गरेको हो ।

जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नाराकासाथ बजार प्रबद्र्धन गरिरहेको रेमिट्यान्सको तोचिगी सेन्टरको शुभारम्भ सिटी एक्सप्रेस जापानका प्रमुख महेश श्रेष्ठले गरेका थिए ।

शुभारम्भ कार्यक्रममा सिटीका बजार व्यवस्थापक पसुपति भण्डारी, सिटीका कर्मचारी, जापानमा नेपालीहरुको पहिलो हाकेन एसएमएस हाकेनका लगानीकर्ता, लाफा ग्रुपका लगानीकर्ता, एनआरएनए जापान तोचिगी समितिका पदाधीकारीहरु, केन्द्रिय सदस्य पदका उम्मेद्वार राजु पनेरु लगायत तोचिगीबासी सयौँ नेपालीको उपस्थिति रहेको थियो ।

उद्घाटनको अवसरमा सिटि एक्सप्रेसले दशैँको अवधीसम्म पैसा पठाउन शुल्क नलाग्ने बताएको छ । दशैँसम्म तोचिगी केन्द्रबाट जति पटक पैसा पठाए पनि कुनै शुल्क नलाग्ने सिटि एक्सप्रेसका बजार व्यवस्थापक पसुपति भण्डारीले जनाएका छन ।

सिटि ग्रुपले हालै बाढीपिडितको सहयोगार्थ सहयोग संकलन गरिरहेको छ भने जापानका बिभिन्न सामाजीक कार्यमा समेत सहयोग गर्दै आएको छ । सिटि एक्सप्रेस मनि ट्रान्सफरले यसअघि पनि तोचिगीमा क्याम्पिङ गरेको थियो ।

टोक्योमा मुख्य कार्यालय रहेको सिटि एक्सप्रेसले यसअघि फुकुओका र नागोयामा शाखा खोलीसकेको छ । सिटी एक्सप्रेसबाट नेपाल मात्रै नभएर विश्वका बिभिन्न देशहरुमा पैसा पठाउन पाईने सिटीका बजार व्यवस्थापक भण्डारीले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS