सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तीन नेपालीको लगानीमा जापानमा खुल्यो लाफा मार्ट

जापानको तोचिगीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै तोचिगीसीमा तीन जना नेपालीको लगानीमा लाफा मार्ट संचालनमा आएको छ । लाफा ग्रुपले संचालन गरेको लाफा मार्ट अगष्ट १९ तारीख शनिवार देखी संचालनमा आएको हो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानका प्रमुख महेश श्रेष्ठलेलाफा मार्टको शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा एनआरएन जापानका केन्द्रिय सदस्यका उम्मेद्वार राजु पनेरु, एनआरएनए तोचिगी क्षेत्रीय समितिका पदाधीकारी, एसएमएस हाकेनका संचालक लगायत तोचिगीबासी नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

शुभारम्भको अवसरमा लाफा मार्टले एक हप्तासम्म १० प्रतिशत छुट प्रदान गर्ने संचालक मध्येका एक महेन्द्र थापाले जानकारी गराएका छन । लाफा मार्टमा दैनिक उपभोगका लागी प्रयोग हुने नेपाली लगायत म्यानमारी, श्रीलंकन र भियतनामी खाद्य सामाग्रीका साथै तरकारी तथा हलाल सम्बन्धि सामाग्री उपलब्ध हुने संचालक थापाले बताएका छन ।

तीन जना संचालक रहेको लाफा ग्रुपले लाफा स्पोर्टस् बार एण्ड ग्रिल नामको रेष्टुरेन्ट र लाफा रिसाईकल सपको व्यवसाय समेत सुरु गरेको छ । रिसाईकल सपले ग्राहकको आवश्यकता अनुसार सेकेन्ड ह्यान्डका घरायसी सामान देखी जुनसुकै सामान पनि उपलब्ध गराउने संचालक गणेश रानाले जनाएका छन ।

लाफा रेष्टुरेन्ट, रिसाईकल सप र मार्ट तीन ओटै व्यवसाय तोचिगीको खावाईच्योमा रहेका छन । लाफा ग्रुपमा महेन्द्र थापा, समर पुन र गणेश राना संचालक छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्