यस्तो बन्यो एनआरएनए जापानको नयाँ कार्यसमिति
सहमति नभएका पदहरुमा भएको निर्वाचनको मतपरिणाम सार्बजनिक भएसँगै गैर आवासीय नेपाली संघ जापानको नयाँ कार्यसमितिले पुर्णता पाएको छ । मुख्य मुख्य पदहरुमा सहमति भएपनि खुल्ला उपाध्यक्ष, सचिव, महिला सदस्य र खुल्ला सदस्यमा आईतबार निर्बाचन भएको थियो ।
आईतबार भएको निर्वाचनमा खुल्ला उपाध्यक्षतर्फ दुई जनाका लागी भएको निर्वाचनमा सरोज कुमार खत्रि ३९५८ र शिव कुमार पौडेल ४२७६ मत ल्याएर विजयी भएका छन । उपाध्यक्षका लागी पौडेल र खत्रिसहित पाँच जना चुनाबी प्रतिस्पर्धामा थिए ।
सचिवमा जनक बिक्रम शाही ३७७४ मत ल्याएर बिजयी भएका छन । शाहीको प्रतिद्वन्दी बासुदेब लामिछाने ३१९१ मत ल्याएर पराजित भएका छन ।
महिला सदस्यमा सिर्जना पाण्डे ३३४० मत ल्याएर बिजयी भएकी छिन । महिला सदस्यका लागी विजयी पाण्डेसहित स्मृति आचार्य र कमला गैरे गरी तिन जना चुनावी प्रतिस्पर्धामा थिए ।
खुल्ला सदस्यमा हस्त लामा ३००१, बालकृष्ण कँडेल २५८७, लालबहादुर रावल २५६२, नारायण खड्का २४४४ र राजन कुमार पौडेल २४१२ मत ल्याएर बिजयी भएका छन । सदस्यमा पाँच पदका लागी २१ जना प्रतिस्पर्धामा थिए ।
बिहान १० बजेदेखी ६ः२० बजेसम्म भएको मतदानमा जम्मा १०३२७ मतदाता रहेकोमा ७५०३ मत (७२.६५ प्रतिसत) मत खसेको थियो । एनआरएनए जापानले पहिलोपटक अनलाईनमार्फत मतदान गर्ने प्रणालीको सुरुवात गरेको थियो ।
निर्वाचनको मतपरिणामसँगै एनआरएनए जापानको कार्यमितिले पुर्णता पाएको छ । यसअघि अध्यक्षमा टासी लामा, बरिष्ठ उपाध्यक्षमा देवीलाल केसी, महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा अनिता गुरुङ सहमतिमा चयन भईसकेका छन । बरिष्ठ उपाध्यक्ष केसी निर्बिरोध निर्बाचित भएका हुन भने अन्य पदहरुमा सहमति भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्