सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कतारमा अलपत्र परेका ७ नेपालीको उद्दार भयो

कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ । बुटवल घर भई कतार बस्दै आएका लिला जीसीको समन्वयमा गुल्मी मदानेका राजेश घर्ती, खोटाङका दिनेश कटुवाल, गंगाबहादुर कटुवाल, वीरबहादुर खड्का, सुर्खेतका जीतबहादुर वीक, भोजपुरका इरज राई र संखुवासभाका पुष्प भारतीको उद्धार गरिएको हो ।

उद्धार गरिएका सातै जनालाई आज सेप्टेम्बर ९ तारिख शनिबार नेपाल फर्काउने तयारी भएको कतारवाट उद्धारमा संग्लग्न भएका चन्द्रसुर्यप्रकाश शर्माले जानकारी दिएका छन ।

विभिन्न प्रलोभनमा परी कतार पुगेका सातै जनाको उद्धार गरिएको र योभन्दा पहिले पनि २० जनाको उद्धार गरी नेपाल पठाईएको जीसीलाई उद्धृत गर्दै उद्धारमा संग्लग्न शर्माले जानकारी दिएका छन ।

राप्ती प्लेसमेन्ट सर्भिसबाट कतार पुगेका नेपालीहरु ५ महिनासम्म तलब नपाएपछि अलपत्र परेका थिए । उनीहरु अलपत्र परेसँगै जीसी लगायत केही नेपालीले उद्धारको पहल थालेका थिए । अलपत्र नेपालीलाई स्वदेश फर्काउन गुल्मी सेवा समाजले टिकट सहयोग गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS