सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दक्षिण कोरीयामा २२ बर्षिय वाग्लेले गरे आत्महत्या

दक्षिण कोरियाको जेजुदोस्थित कम्पनीमा काम गर्दै आएका एक नेपाली कामदार आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएका छन । इपिएसमार्फत काम गर्न गएका पोखराका २२ वर्षीय जीवन वाग्लेको मृत्यु भएको जेजुदोस्थित कोरियन भाषा अनुवादक शुभद्रा पालुङ्वाले जानकारी दिएकी हुन ।

कम्पनीको नजिकै झुण्डिएको अवस्थामा भेटिएका वाग्ले बिहान चार बजे सुत्ने कोठाबाट निस्केको सीसीटीभीमा देखिएको छ । मृतक वाग्लेले कोरिया गएको तीन वर्ष पूरा गरी बोनस भिसा थपेका थिए । मृतक वाग्लेले कम्पनीलाई जानकारी नै नगराई नेपाल जाने हवाई टिकट लिएको पाईएको छ ।

धेरै नबोल्ने स्वभाव भएका वाग्ले सँधैं ओभरटाइम काम गर्दै आएता पनि आईतबार चाँडै कोठामा फर्किएका थिए । तलब पाउना साथ सीधै नेपाल पठाउने गरेको र मोबाइलमा चेक गर्दा ३ दिनदेखि बुबाको कल रिसिभ नगरेको भेटिएको थियो । ईपिएसमार्फत कोरीया जाने नेपालीको संख्या बढेसँगै आत्महत्या गर्ने नेपालीको संख्या पनि बढ्दो छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्