न्यौपानेद्वयको पहलमा सन्तपुर वस्ती निर्माणमा सहयोग
धुर्मुस–सुन्तली फाउण्डेसनले बिनाशकारी बाढीबाट घरबारबिहिन भएकाहरुको लागी रौतहटको सन्तपुरमा निर्माण गरिरहेको एकिकृत नमुना वस्ती निर्माणका लागी जापानको तोचिगी क्षेत्रमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन ।
तोचिगीसिटिमा बसोबास गर्ने पुनम घिमिरे न्यौपाने र नयन न्यौपानेको पहलमा ५० हजार जापानिज येन आर्थिक सहयोग संकलन गरी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाईएको हो । दुखमा परेका नेपालीलाई सानो तिनो भएपनि सहयोग होस भन्ने उद्देष्यले आर्थीक सहयोग संकलन गरी पठाईएको पहलकर्ता नयन न्यौपानेले बताएका छन ।
नमुना वस्ती निर्माणार्थ पठाईएको सहयोग रकम तोचिगीसिटिस्थित सिटि एक्सप्रेस रेमिट्यान्सले निशुल्क रुपमा पठाएर सहयोग गरेको छ । सिटि एक्सप्रेस मनि ट्रान्सफलरले यसअघि आफ्नै पहलमा पनि बाढिपिडितका लागी सहयोग संकलन गरेको थियो । बिभिन्न सामाजीक कामका लागी हुने सहयोग रकममा सिटिले प्राय; निशुल्क रेमिट गरी सहयोग गर्ने गरेको छ ।
नमुना वस्ती निर्माणका लागी पुनम घिमिरे न्यौपाने, पोषक न्यौपाने, ममता न्यौपाने, सजिता राउत, प्रकाश खत्री, गोमा शर्मा, रमिना श्रेष्ठ, जयन्ती भट्टराई, पुजन घिमिरे, गोमा गौतम, सरला राउत, निशा श्रेष्ठ, भोजराज खनाल, बाबुराम सापकोटा र सुजा बस्नेतले आर्थिक सहयोग गरेको पहलकर्ता नयन न्यौपानेले बताएका छन ।
बिनाशकारी बाढिपहिरोबाट घरबार बिहिन भएकाहरुको लागी धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको एकिकृत नमुना वस्ती निर्माणका लागी थोरै भएपनि सहयोग होस भनेर स्वस्फुर्त सहयोग संकलन गरिएको पहलकर्ता न्यौपानेले बताएका छन ।
धुर्मुस–सुन्तली फाउण्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा बाढिबाट घरबारबिहिन भएकाहरुको बसोबासका लागी नमुना वस्ती निर्माण गरिरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्