सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रदेशसभातर्फ कहाँ–कहाँ जित्यो एमालेले ? सुचीसहित

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म सार्वजनिक भएका मतपरिणाम र अग्रताका हिसाबले एमाले अग्रस्थानमा छ । हालसम्म सार्बजनिक भएका प्रदेशसभाको मतपरिणाम अनुसार २० ओटा निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन ।

मतगणना आउन बाँकी क्षेत्रहरुमा पनि प्रदेशसभाका ५८ ओटा निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वारले अग्रता लिईरहेका छन । यो समाचार तयार पार्दासम्म प्रदेशसभातर्फ एमाले विजयी भएका स्थानहरुको सुती तल हेर्नुहोस;

प्रदेशसभातर्फ नेकपा एमाले विजयी भएका स्थानहरु

  1. जुम्ला, ‘ख’, पदमबहादुर रोकाय (१०४५८)
  2. म्याग्दी, ‘ख’, नरदेवी पुन (१०८७२)
  3. मुस्ताङ, ‘क’, इन्द्रधारा विष्ट (११६७)
  4. मुस्ताङ, ‘ख’, महेन्द्र बहादुर थकाली (२५८४)
  5. हुम्ला ‘क’, दलबहादुर रावल (७१५८)
  6. कालिको ‘क’, कुर्मराज शाही (११९३५)
  7. जाजरकोट ‘ख’, करवीर शाही (१२१५३)
  8. ओखलढुंगा ‘क’, अंबिर गुरूङ (१८०८)
  9. धादिङ–१ ‘क’, राजेन्द्रप्रसाद पाण्डे (२७३३२)
  10. डोल्पा–१ क, नन्दसिंह बुढा (५४९०)
  11. बझाङ, अर्जुनबहादुर थापा (१३५११)
  12. बाजुरा–१ ख, प्रकाश शाह (१८१८६)
  13. बाजुरा–१ क, बलदेव रेग्मी (९८४०)
  14. जाजरकोट–१ ख, करविर शाह (१५१८५)
  15. धादिङ–२ क, रामकुमार अधिकारी (२०३६८)
  16. ताप्लेजुङ, बलबहादुर साम्सोहाङ (१५४१७)
  17. बागलुङ, इन्द्रलाल सापकोटा (१७९१३)
  18. सोलुखुम्बु क, उत्तम बस्नेत (१०६६८)
  19. सोलुखुम्बु ख, बुद्धीकुमार राजभण्डारी (१०३७८)
  20. भोजपुर–१ ख, शेरधनराई (२०३२२)

फेसबुकबाट कमेन्ट गर्नुहोस्