सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रत्यक्षतर्फ माओवादी केन्द्रले जितेका स्थानको सुची

प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ ओटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भईसकेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेले सबैभन्दा बढी ८० स्थानमा जित हाँसिल गरेको छ ।

त्यसपछी दोस्रो स्थानमा माओवादी केन्द्रले ३६ स्थानमा जित हात पारेको छ भने तेस्रो स्थानमा कांग्रेसले २३ स्थानमा जितेको छ । तराईमा झरेपछी मधेशवादी दल राजपाले ११ स्थानमा जितेको छ भने संघीय समाजवादी फोरमले १० स्थानमा जित हात पारेको छ ।

यस्तै राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र स्वतन्त्र एक–एक स्थानमा विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले जितेका स्थानहरुको सुची

  1. कैलाली क्षेत्र नं. ४, लेखराज भट्ट (३१३५९)
  2. सल्यान क्षेत्र नं. १, टेकबहादुर बस्नेत (४०८९७)
  3. कञ्चनपुर क्षेत्र नं. १, बिना मगर (२९०२१)
  4. महोत्तरी क्षेत्र नं. १, गिरीराजमणि पोखरेल (२३७७६)
  5. काभ्रे क्षेत्र नं. १, गंगाबहादुर तामाङ (४३६३१)
  6. कैलाली क्षेत्र नं. ३, गौरी शंकर चौधरी (२४८७३)
  7. बाँके क्षेत्र नं. १, महेश्वर जंग गहतराज (३११७३)
  8. ललितपुर क्षेत्र नं. ३, पम्फा भुसाल (२४०३६)
  9. रामेछाप क्षेत्र नं. १, श्यामकुमार श्रेष्ठ (४२११७)
  10. सिन्धुली क्षेत्र नं. २, हरिवोलप्रसाद गजुरेल (३०१७९)
  11. सिन्धुपाल्चोक क्षेत्र नं. १, अग्निप्रसाद सापकोटा (४०५०४)
  12. नुवाकोट क्षेत्र नं. १, हितबहादुर तामाङ (३६४७३)
  13. गोरखा क्षेत्र नं. १, हरिराज अधिकारी (२९८६०)
  14. लमजुङ क्षेत्र नं. १, देवप्रसाद गुरुङ (३९४६८)
  15. वाग्लुङ क्षेत्र नं. २, देवेन्द्र पौडेल (२८८२७)
  16. रुकुम (पश्चिम) क्षेत्र नं. १, जनार्दन शर्मा (३४४०२)
  17. जुम्ला क्षेत्र नं. १, गजेन्द्रबहादुर महत (२२१७३)
  18. कालिकोट क्षेत्र नं. १, दुर्गाबहादुर रावत (२१११२)
  19. जाजरकोट क्षेत्र नं. १, शक्तिबहादुर वस्नेत (३२२८१)
  20. उदयपुर क्षेत्र नं. २, सुरेशकुमार राई (२५५५९)
  21. झापा क्षेत्र नं. १, सुरेन्द्रकुमार काकी (३६१७३)
  22. भोजपुर क्षेत्र नं. १, सुदन किराती (३४३९४)
  23. मोरङ क्षेत्र नं. ५, शिवकुमार मंडल (केवट) (२२९४५)
  24. मोरङ क्षेत्र नं. ४, अमनलाल मोदी (३३५२९)
  25. सोलुखुम्बु क्षेत्र नं. १, हेमकुमार राई (१४५५८)
  26. दाङ क्षेत्र नं. २, कृष्णबहादुर महरा (३९९५९)
  27. बर्दिया क्षेत्र नं. २, सन्तकुमार थारु (५०५५५)
  28. रोल्पा क्षेत्र नं. १, बर्षमान पुन (४०६४७)
  29. रौतहट क्षेत्र नं. ३, प्रभु साह (२७७९९)
  30. रुकुम (पूर्व) क्षेत्र नं. १, कमला रोका (१०४३४)
  31. कपिलवस्तु क्षेत्र नं. १, चक्रमणि खनाल (२९७९९)
  32. चितवन क्षेत्र नं. ३, पुष्पकमल दाहाल (४८२७६)
  33. सर्लाही क्षेत्र नं. ३, रामेश्वर राय यादव (२२३६७)
  34. सिरहा क्षेत्र नं. २, सुरेसचन्द्र दास (२०१४८)
  35. अर्घाखाँची क्षेत्र नं. १, टोपबहादुर रायामाझी (५०८३७)
  36. धनुषा क्षेत्र नं. १, मातृका यादव (२६४१८)

फेसबुकबाट कमेन्ट गर्नुहोस्