जापानको तोचिगीमा धुमधामसँग ल्होछार मनाउने तयारी
जापानको तोचिगीकेन आसपास बस्ने बौद्धमार्गी तामाङहरुले आफ्नो महान पर्व तथा नयाँ बर्ष सोनाम ल्होछार धुमधामसँग मनाउने भएका छन । नेपाल तामाङ समाज, जापानको किताकान्तो क्षेत्रीय समितिले सोनाम ल्होछारलाई भब्यताका साथ मनाउने चाँजोपाँजो मिलाएको हो ।
बौद्द धर्मावलम्बीहरुको महान पर्व सोनाम ल्होछार (नयाँ बर्ष) २८५४ खी ल्हो (कुकुर बर्ग) लाई तामाङ समाज किताकान्तो क्षेत्रीय समितिले बिबिध सांस्कृतिक कार्यक्रम गरी मनाउने तयारी गरेको समाजका अध्यक्ष कुलमान लामाले जानकारी गराएका छन ।
आयोजक तामाङ समाज किताकान्तो क्षेत्रीय समितिका अध्यक्ष कुलमान लामाका अनुसार “अब तामाङले ल्होछारलाई घर घरमा मनाऔ, आफ्नो मौलिक धर्म संस्कृतिको जगेर्ण गरौ“ भन्ने मूल नारा रहेको यस बर्षको ल्होछार कार्यक्रममा गायक कर्मा दोङ्ग लामा र राजीव लामाको सांगितिक प्रस्तुती रहनेछ ।
पात्रो अुनसार ल्होछार माघ ४ (जनवरी १८) गते नै परेको भए पनि सबैको अनुकूलताको लागि माघ ६ (जनवरी २०) शनिबारका दिन ल्होछार मनाउने तयारी गरिएको तामाङ समाज किताकान्तो समितिका अध्यक्ष कुलमान लामाले बताएका छन । कार्यक्रम तोचिगीसीमा रहेको लाफा स्पोर्टस एण्ड ग्रिल बारमा हुनेछ ।
आपसमा सुख, शान्ति, समृद्दी तथा दिर्घायुको कामना गर्दै आफ्नो मौलिक संस्कृतिको संरक्षण र संवर्दन गर्नु नै कार्यक्रमको मूल उदेश्य रहेको किताकान्तो क्षेत्रीय समितिका सचिव सरोज तामाङले बताएका छन ।
ल्होछार सांस्कृतिक कार्यक्रम जनवरी २० तारिखका दिन ४ बजेदेखि राति ११ः३० बजेसम्म हुने आयोजकले जनाएको छ । तामाङ समाज किताकान्तो समितिले तोचिगी आसपास बस्ने सबै नेपाली दाजुभाई तथा दिदिबहिनिलाई कार्यक्रममा सहभागी भईदिन अनुरोध गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्