सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रियसभामा एमाले र माओवादीको सिट बाँडफाँट

प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धन बनाएर चुनाव लडेका एमाले माओवादीको संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । कार्यदलले दिएको जानकारी अुनसार एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलाईएको हो ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने कार्यदलका एक सदस्य एमाले नेता सुवासचन्द्र नेम्वाङले बताएका छन ।

राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् । राष्ट्रिय सभामा तीन सिट भने सरकारले मनोनयन गर्न पाउने व्यवस्था छ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्