सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्री नहुँदै ओलीलाई नरेन्द्र मोदीको निम्तो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन । आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको टेलिफोन वार्ताका क्रममा मोदीले ओलीले प्रधानमन्त्री बनेपछी स्वागत गर्न आपफु तयार रहेको बताएका हुन ।

अध्यक्ष ओली र प्रधानमन्त्री मोदीकोबीच टेलिफोनमार्फत अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको बताइएको छ । प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना समेत दिएको ओली सचिवालयले बताएको छ ।

टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । अध्यक्ष ओलीले पनि प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै मोदीलार्य पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री मोदीले यस अघिको नेपाल भ्रमणमा यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गर्नुभएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्