सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हर्षोल्लासकासाथ ल्होसार मनाए तोचिगीबासी शेर्पाहरुले

जापानको तोचिगीबासी शेर्पा तथा गैर शेर्पा नेपाली समुदायले हिमाली शेर्पा तथा बौद्ध धर्मावलम्वीहरुले मनाउने ग्याल्पो ल्होसार हर्षोल्लासका साथ मनाएका छन । शेर्पा परिवार तोचिगीको आयोजनामा तोचिगीमा रहेका शेर्पा तथा आम नेपाली समुदायले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी ग्याल्पो ल्होसार मनाएका हुन ।

तोचिगीसीमा रहेको हाम्रो रेष्टुरेन्ट एण्ड बारमा आयोजना गरिएको ल्होसार बिशेष शुभकामना तथा सांस्कृतिक कार्यक्रममा तोचिगी क्षेत्रमा रहेका बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधी तथा आम समुदायको बाक्लो उपस्थिति रहेको थियो । ल्होसार बिशेष कार्यक्रममा स्थानीय कलाकारले गित तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।

तमुँ धीँ तोचिगीका अध्यक्ष लाल प्रसाद गुरुङ प्रमुख अतिथी रहेको कार्यक्रममा गोर्खा समाजका उपाध्यक्ष तथा नेपाली जनसम्पर्क समिति जापानका केन्द्रिय सदस्य राजु पनेरु, एनआरएनए तोचिगीका उप–संयोजक सरोज भेटवाल, तामाङ समाज किताकान्तो क्षेत्रका सह–सचीव पर्वत तामाङ, किराँत राई यायोक्खा किताकान्तो क्षेत्रका बरिष्ठ उपाध्यक्ष शिवराम राई, पत्रकार एचबी ताम्राकार लगायत अतिथी रहेका थिए ।

अतिथीका रुपमा बोल्दै किराँत राई यायोक्खाका शिवराम राईले परदेशमा बस्ने नेपालीहरुले बिभिन्न जातीय संगठन खोलेर दुखसुखमा सरसहयोग गर्नु सह्रायिन काम भएको बताएका थिए । त्यसैगरी प्रमुख अतिथी लाल प्रसाद गुरुङ्गले देश परिस्थितिले सबै नपाली बिदेशमा पसिना बगाउन आएको भए पनि आफ्नो रितिथिती जोगाईराख्नुपर्ने धारणा रखेका थिए । उनले शेर्पा जातीको आफ्नो छुट्टै पहिचान र बिशेषता भएको बताउँदै ल्होसार कार्यक्रमले आम तोचिगीबासी नेपालीलाई एकिकृत गर्ने काम गरेको बताएका थिए ।

शेर्पा तथा बौद्ध धर्मावलम्वीहरुको महान चाड तथा नयाँ बर्ष स फो खि लो २१४५ (कुकुर बर्ष) देश तथा बिदेशमा बस्ने नेपालीहरुले बिभिन्न कार्यक्रम गरी मनाईरहेका छन । शेर्पा परिवार तोचिगीका संयोजक डेनी शेर्पा स्वयंले संचालन गरेको कार्यक्रममा शेर्पा नृत्य प्रस्तुत गर्नुका साथै गायक एमबि गुरुङ लगायतका कलाकारले आफ्नो प्रस्तुती राखेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्