सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सराङकोटीको नेतृत्वमा मगर संघ तोचिगीमा नयाँ समिति

मगर संघ जापान तोचिगी क्षेत्रिय समितिमा नयाँ कार्य समिति चयन भएको छ । फेब्रुअरी २५ मै अधिवेशन भए पनि सल्लाहकार समिति र मनोनित सदस्य टुंगो लगाउन ढिला भएका कारण नयाँ कार्यसमितिले पुर्णता पाउन समय लागेको नवचिर्वाचित अध्यक्ष तुल बहादुर सराङकोटी मगरले बताएका छन ।

नयाँ कार्यसमिति चयनका लागी फेब्रुअरी २५ मा भएको अधिवेशनमार्फत पुरानै समितिका अध्यक्ष तुल बहादुर सराङकोटी पुन; सर्वसम्मत चयन भएका हुन । तत्कालीन समितिका बरिष्ठ उपाध्यक्ष भुवन थापा मगर र उपाध्यक्ष सागर पुन मगरबिच नेतृत्वको बिषयलाई लिएर सहमति नभएपछी पुन; सराङकोटीकै नेतृत्वमा सहमति जुटेको हो ।

निर्वाचित नयाँ कार्यसमितिमा भुवन थापा मगर पुनः बरिष्ठ उपाध्यक्षमा चयन भएका छन भने अर्जुन आले मगर र दिपक कुमार थापा मगर उपाध्यक्षमा चयन भएका छन । कोषाध्यक्षमा मिना पुन मगर चयन भएकी छिन । त्यस्तै सचिवमा नारायण बुर्जा मगर र सह–सचिवमा खेम पुन मगर चयन भएका छन । त्यस्तै सदस्यहरुमा बालकृष्ण राना मगर, सेया पुन मगर, सुभला पुन मगर, मोनिका पुन मगर र प्रभा पुन मगर चयन भएका छन ।

त्यसैगरी बरिष्ठ सल्लाहकारमा शैलेन्द्र विक्रम थापा मगर चयन भएका छन भने सल्लाहकारहरुमा शिव थापा मगर, गणेश राना मगर, रविन पुन मगर र सागर पुन मगर चयन भएका छन । अधिवेशन मगर संघ जापानका केन्द्रिय उपाध्यक्ष रित राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्