सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानको तोचिगीमा पुर्वी नेपालको सांगितिक धमाका

जापानी पात्रो अनुसार अप्रीलको अन्तिम देखि मे महिनाको पहिलो हप्तासम्म हुने गोल्डेन विक विदाको अवसर पारी पुर्वी नेपाल विकास सहकार्य केन्द्र, जापानले तोचिगीमा ‘तोचिगी सांगितिक साँझ’ नामक बिबिध सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गोल्डेन विकको विदालाई लक्षित गर्दै आउँदो अप्रील २९ तारिख आईतबारका दिन ‘तोचिगी सांगितिक साँझ’ कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक सरोज भेटवालले जानकारी गराएका छन । सांगितिक कार्यक्रम तोचिगीस्थित लाफा स्पोर्टस बार एण्ड ग्रिलमा साँझ ४ बजेबाट हुँदैछ ।

साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा जापानमा रहेका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने संयोजक भेटवालले जनाएका छन । सांगितिक साँझमा गायक एमबि गुरुङ्ग, गायक तथा गितकार केशव शर्मा, गायक रामशरण रसाईली, गायक तथा गितकार ईश्वर पौडेल, गायक अमृत गुरुङ्ग लगायतको प्रस्तुती रहनेछ ।

त्यसैगरी गायिका तथा मोडल सोना केसी, गायकहरु सुनिल पाठक, दावा लामा, पर्वत स्याङ्वोका साथै अन्य अतिथी कलाकारहरुले पनि आफ्नो सांगितिक प्रस्तुति पस्कनेछन । साथै बिभिन्न कलाकारहरुले आकर्षक नृत्यहरु पनि प्रस्तुत गर्ने कार्यक्रमका संयोजक सरोज भेटवालले जानकारी दिएका छन ।

कलाकारहरुमा रामशरण रसाईली र मोडल तथा गायिका सोना केसी दोहोरी साँझमा निखारिएका कलाकार हुन भने एमवि गुरुङ्ग, केशव शर्मा लगायतका कलाकारहरु बजारमा गित ल्याईसकेका र स्थापित हुँदै गरेका कलाकारहरु हुन । पछिल्लो समय केशव शर्माको ‘छैनौ दायाँ बायाँ’ र एमवि गुरुङ्गको ‘फिरफिरे डाँडा’ बोलको कौरा गितले युट्युवमा राम्रै भिउअर्स पाईरहेका छन ।

कार्यक्रम संयोजक सरोज भेटवालका अनुसार रमाईलोका लागी मात्रै नेपालबाट पैसा तिरेर कलाकार ल्याउनु भन्दा जापानमै रहेका कलाकारहरुको प्रतिभालाई प्रोत्साहन र प्राथामिकता दिन कार्यक्रममा जापानमै रहेका कलाकारलाई मात्र बोलाईएको छ । कार्यक्रम नाफाघाटाको हिसाबले भन्दा पनि नेपाली दाजुभाई जम्मा भएर रमाईलो गरौँ भन्ने उद्देष्यले आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रममा सहभागी हुनेलाई खाजा तथा खानाको ब्यबस्था हुनुका साथै सिटी रेमिटको तोचिगी काउन्टरबाट एक पटक पैसा पठाउन निशुल्क सुबिधा भएकोले रमाईलोका लागी पैसा तिरेको अनुभुति नै नहुने संयोजक भेटवालले स्पष्ट पारेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS