सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

यातायात समितिको बैंक खाता राष्ट्र बैंकले रोक्यो

नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी दिएका हुन । प्रवक्ता पौडेलले भने–‘हामीलाई जति समितिको खाता रोक्का गर्न अनुरोध भएर आएको छ, तिनको बैंक खाता रोक्का गरेका छौं ।’ प्रवक्ता पौडेलले कति ओटा समितिको खाता रोक्का भएको हो भन्ने संख्या भने खुलाएनन् ।

प्रवक्ता पौडेलले खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने बताएका छन । सरकारले अनुमति दिएमा मात्रै रोक्का गरिएको बैंक खाता फुकुवा गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताएका छन । उनले अगाडी भने–‘सरकारले खाता फुकुवा गर्न निर्देशन दिएको खण्डमा मात्रै खाता फुकुवा गर्न सकिन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS