सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शिवज्योतीले जित्यो गुन्मामा भएको भलिवल प्रतियोगिता

गैर आवासीय नेपाली संघ गुन्मा र तोचिगी क्षेत्रिय समिति जापानको आयोजनामा भएको पुरुष खुल्ला भलिवल प्रतियोगितको उपाधी शिवज्योति युथ क्लव टोक्योले हात पारेको छ । प्रतिस्पर्धी सनसाईन क्लवलाई हराउँदै शिवज्योति पहिलो भएको हो ।

शिवज्योतीसँग पराजित सनसाईन क्लव टोक्यो दोस्रो भएको थियो । उपाधी जित्न सफल शिवज्योति क्लवलाई दुई लाख जापानी येन नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । त्यसैगरी दोस्रो सनसाईनलाई पनि एक लाख जापानी येन नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

एनआरएनए गुन्मा र तोचिगीको सहकार्यमा भएको भलिवल प्रतियोगितमा ११ टिमको सहभागीता रहेको एनआरएनए तोचिगीका संयोजक विकास वस्नेतले बताएका छन । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी शिवज्योती क्लवका जर्सी नं. ६ का खेलाडी राजन मल्लले पाएका थिए ।

प्रतियोगितामा नागोया, टोक्यो, तोचिगी, गुन्मा र चिवा लगायतका क्षेत्रबाट नेपाली खेलाडीहरुले सहभागीता जनाएका थिए । भलिवल प्रतियोगितालाई सफल बनाउन नबिन लामाले रेफ्रीको भुमिका निर्वाह गरेको एनआरएनए तोचिगीका संयोजक विकास वस्नेतले जानकारी दिएका छन ।

भलिवल प्रतियोगितामा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष टासी लामा, बरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्षद्वय सरोज कुमार खत्रि, शिव प्रसाद पौडेल र एनआरएनए जापानका प्रवक्ता पर्सु वस्नेत लगायत अतिथीको रुपमा उपस्थित भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्