सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गाडीको मुल्य १० हजार देखी ४ लाखसम्म बढ्यो

सरकारले बजेटमार्फत अन्तःशुल्क र सडक दस्तुर बढाएसँगै गाडीको मूल्य बढेको छ । नयाँ कर अनुसार गाडीको मूल्य निर्धारण हुन बाँकी छ । तर, कति सीसीका गाडीमा कतिसम्म मूल्य बढ्नसक्छ भन्ने मोटामोटी आंकडा आएको छ ।

व्यवसायीहरुका अनुसार नयाँ बजेटले गाडीको मूल्य ४.२ देखि ३० प्रतिशतसम्म बढ्नेछ । गाडीको मूल्यमा ६० प्रतिशतसम्म रहेको अन्तःशुल्क बढाएर सय प्रतिशतसम्म र्पुयाइएको छ । जसले ठूला इन्जिन क्षमताका गाडी झन् महंगो भएका छन् ।

नयाँ बजेटले १००० सीसीसम्मका गाडीमा १ प्रतिशत सडक दस्तुर मात्रै बढाएको छ । त्यसैले यो सिरिजका गाडीको मूल्य १० देखि २० हजारसम्म बढ्नेछ । यसआधारमा भन्दा इन्ट्री लेभलका सवारीहरुको मूल्य धेरै बढेको छैन ।

तर, मध्यम वर्गले बढी रुचाएको गाडीको मूल्य भने कम्तिमा १ देखि ४ लाखसम्म बढ्ने भएको छ । यसमा १००१ देखि १५०० सम्म ४.२ प्रतिशत र १५०१ देखि २ हजार सीसीसम्म ८ प्रतिशत मूल्य बढ्ने देखिन्छ ।

यसअनुसार १२ सय सीसीको गाडीमा १ लाख २० हजारदेखि १ लाख ५० हजारसम्म मूल्य बढ्न सक्ने विक्रेता बताउँछन् । फिचर्स थपिएका गाडीका हकमा बढ्ने मूल्य २ लाखसम्म पुग्नसक्छ ।

त्यसैगरी १५ सयभन्दा माथि र २ हजार सीसीम्मका गाडीमा ४ लाखसम्म मूल्य बढ्नसक्छ । बजेटले यो सेगमेन्टमा मूल्यको ११ प्रतिशत कर वृद्धि गरेको हो । विदेशी बजारको मूल्यमा २३ प्रतिशत कर बढेपछि २ हजारदेखि २५ सय सीसीसम्मका गाडीको बजार मूल्य १५÷१६ प्रतिशत मूल्य बढ्न सक्ने देखिएको छ ।

२५ सयदेखि ३ हजार सीसीका गाडीका हकमा खरिद मूल्यमाथि ३३ प्रतिशत कर बढेको छ । यसले मूल्यमा २५ प्रतिशतसम्म वृद्धि गर्नसक्ने व्यापारीहरु बताउँछन् । ३ हजार सीसीभन्दा माथिका गाडीमा अहिलेकोभन्दा ३० देखि ३२ प्रतिशत मूल्य बढ्नेछ । यो सेगमेन्टमा सरकारले खरिद मूल्यमा ४३ प्रतिशतसम्म कर बढाएको छ ।

‘साधारणतय १ करोड ६० लाखमा बेच्दै आएको गाडीमा अब ४० लाख रुपैयाँ बढ्छ,’ एक बिक्रेताले भने, ‘३ हजार सीसीभन्दा माथिका गाडीको मूल्य अब सानो हुँदैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS