सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विदेशबाट फर्किँदा अब रक्सि ल्याउन नपाईने

यसअघि बिदेशबाट फर्कनेले भन्सार नतिरी १ लिटरसम्म मदिरा ल्याउन पाउने सुबिधा सरकारले बन्द गरिदिएको छ । सरकारले नयाँ आर्थिक विधेयक जारी गर्दै विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाएको हो ।

यसअघि विदेशबाट फर्किनेले एक लिटरसम्म रक्सी ल्याउन पाउने ब्यवस्था थियो । भन्सार विभागका एक उच्च अधिकारीका अनुसार अब त्यो सुविधा हटाईएको छ । र राजश्व नतिरी मदिरा ल्याउन पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने कि नपाउने भन्ने विषय भने तय भएको छैन । राजश्व नतिरी मदिरा ल्याउन दिँदा वार्षिक एक अर्ब रुपैयाँ राजश्व गुमेको ठहर गर्दै सरकारले यो सुबिधा हटाएको बताईएको छ ।

भन्सार बिभागका उच्च अधिकारीले भनेका छन–‘विदेशबाट रक्सी ल्याउने क्रम निकै बढ्यो, झण्डै एक अर्ब राजस्व गुमेको पाइएपछि यसलाई हटाइएको हो । रक्सी स्वास्थ्यका हिसावले पनि राम्रो होइन । त्यसैले यसमा भन्सार छुट दिइरराख्नु पर्ने महसुश हामीले गरेनौं ।’

सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ । विदेशबाट आउने यात्रुले मदिराजन्य पदार्थ ल्याएमा जफत गर्ने कि भन्सार तिर्न दिने भन्ने विषय केही दिनमै स्पष्ट हुने बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्