सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाली मौलिक तरकारी गुन्द्रुक पनि अब चिनबाट

गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होइन, विदेशका नेपालीका भान्छामा समेत यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमेत चीनबाट ल्याइने गरिएको छ । रसुवागढी नाका हुँदै दुई वर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको छ ।

दुई लाख रुपैयाँभन्दा बढीको गुन्द्रुक आयात भएको देखिन्छ । कार्यालयका अनुसार २०७३/७४ मा ७ सय ३ किलो र २०७४/७५ मा १ सय ४० किलो गुन्द्रुक भित्रिएको हो । व्यापारीहरूका अनुसार बजारमा प्रतिकिलो गुन्द्रुकको मूल्य २ सय २० रुपैयाँदेखि २ सय ५० रुपैयाँ छ ।

नेपालीहरूको भान्छामा तरकारी र अचारका रूपमा यसको प्रयोग हुँदै आएको छ । आयात हुनेमा तोरी र रायोको गुन्द्रुक छ । आयातकर्तामध्ये पोखरा एक्स्पोर्ट इम्पोर्ट प्रालिका कर्मचारी सन्तोष श्रेष्ठका अनुसार चीनबाट आउने गुन्द्रुकको बढ्ता बजार ठमेल हो ।

उताको गुन्द्रुक ठयाक्कै नेपालको जस्तो नभए पनि खास फरक हुँदैन । उनका अनुसार नेपालमा रहेका वा आउने चिनियाँलाई ध्यानमा राखेर गुन्द्रुक आयात गर्ने गरिएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्