सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गाडीले ठक्कर दिँदा कोरियामा एक नेपालीको मृत्यु

इपिएस मार्फत कोरिया गएका एक नेपालीको शनिबार सवारी दुर्घट्नामा परि मृत्यू भएको छ । दुर्घटनामा परी मृत्यु हुने नेपालमा पर्सा जिल्ला गढि नगरपालिका घर भएका ४६ बर्षिय ओमप्रकास चौधरी भएको बताईएको छ ।

दक्षिण कोरियाको गिम्पोमा कार्यरत चौधरी शनिवार आफ्नो काम सकेर साइकलमा नजिकैको मार्टमा जाने क्रममा दुर्घटनामा परेका थिए । उनलाई पछाडीबाट गाडीले ठक्कर दिएको सोही कम्पनिमा कार्यरत राज मल्लले वताएका छन् ।

मल्लले भनेका छन–‘मार्टमा जानु भएको थियो । पछाडीबाट गाडिले ठक्कर दिएछ ।’ घट्नालगतै स्थानिय प्रहरीले घाइते चौधरीलाई स्थानीय अस्पतलमा पुर्याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि तत्काल यएरएम्बुलेन्सबाट उनलार्ई आजु मेडिकल कलेज सुवन लगिएको थियो ।

अस्पतालले केही समय पछि नै चौधरीलाई मृत घोषणा गरेको थारु कल्याणकारी सभा दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतोले बताएका छन् । ठक्कर दिने चालक किर्गिस्थानको भएको प्रहरीले जानकारी दिएको छ ।

सिसिटिभि फुटेज हेर्दा मृतक चौधरीको गल्ति नभएको कुरा प्रहरीले भनेको गैर आवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङले बताइन । मृतक चौधरीको श्रीमती, एक छोरा र एक छोरी रहेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्