सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको नागोयामा परदेसी क्रस कल्चरको तिज

परदेसी क्रस कल्चर एसोसिएसन जापानले यस बर्षको तिज धुमधामसँग मनाएको छ । परदेसी क्रस कल्चरले देश छाडेर जापानलाई कर्मथलो बनाएका नेपाली दिदिबहिनिलाई निशुल्क दर खुवाएर यसपालीको तिज मनाएको हो ।

जापानको नागोयामा भएको तिज बिशेष कार्यक्रममा दर खुवाउनुका साथै बिभिन्न सांगितिक कार्यक्रम समेत आयोजना गरिएको थियो । तिज बिशेष कार्यक्रममा नेपालबाट आएका ख्यातिप्राप्त गायकद्वय तारापति सुवेदी र फणिन्द्र ठकुरीले सहभागीलाई छमछमी नचाएका थिए ।

नागोयास्थित अभियान इन्डियन नेपाली रेष्टुरेन्टमा आयोजना गरिएको तिज बिशेष कार्यक्रममा ठकुरी कला साहित्य प्रतिष्ठानका महासचिव शरणविक्रम मल्ल प्रमुख अतिथीका रुपमा रहेका थिए । कार्यक्रममा एनआरएनए आईसिसि सदस्य डिलाराम खरेल र गोविन्द श्रेष्ठ ‘रोबिन्द’ बिशेष अतिथीका रुपमा थिए ।

सेप्टेम्बर ११ शनिबारका दिन भएको कार्यक्रम परदेसी क्रस कल्चर एसोसिएसनका अध्यक्ष मनोज बम मल्लको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई एसोसिएसनका संस्थापक अध्यक्ष सुरज मल्ल ठकुरीले संयोजन गरेका थिए ।

एसोसिएसनका सचिव रञ्जन स्याङतानका अनुसार कार्यक्रममा नागोयामा रहेका नेपाली दिदिबहिनिहरुको उल्लेख्य सहभागीता रहेको थियो । स्याङतानका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्