सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माल्दीभ्स गएकी संगिताले किन गरिन आत्महत्या

झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स पुगेकी सङ्गीताको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिएका छन ।

सङ्गीताको शव आज बिहान घर ल्याइपु¥याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतकका मामा राजकुमार राजवंशीले बताएका छन ।

मालदिभ्सबाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्