सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मलेसियामा अबैधानिक बसेका ४७ नेपाली फक्राउ

मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिए पनि प्रकृयामा नआउनेहरुलाई गिरफ्तार गर्ने अभियान चलाएको छ ।

हालै साइवरजयाको एक कम्पनीमा छापा मारी २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना अबैध कामदार पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेसियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली, २५ जना म्यानमारी र बाँकी अन्य देशका नागरिक भएको बताइएको छ । पक्राउ परेका कतिपय एउटै कम्पनीमा काम गर्ने भिसा भएको तर अर्कै कम्पनीमा काम गरिरहेको पाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्