सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानभित्र ठगिनुभयो ? प्रमाणसहित दुतावास जानुहोस !

जापानस्थित राजदुतावासले आफ्ना नागरिकका गुनासा सुनेन भनेर आलोचना भइरहँदा दुतावासका उप–नियोग प्रमुख कृष्णचन्द्र अर्याल भने शनिबार साँझ तोचिगीसीमा झुल्किए । भलै मुख्य उद्देष्य देशका नागरिकसँग भेटघाट गर्ने भन्ने थिएन तर अर्यालको उपस्थितिले थोरै भए पनि उपस्थित भएकाहरुलाई गुनासो सुनाउने माध्यम बनेको थियो ।

तोचिगीस्थित गैरआवासीय नेपाली संघले आयोजना गरेको अन्र्तक्रिया तथा खेलाडी सम्मान कार्यक्रममा बोल्दै उप–नियोग प्रमुख अर्यालले जापान भित्र रहँदा जापानको नियम कानुन अक्षरस पालना गर्न सहभागी लगायत सबै नेपालीलाई आग्रह गरेका छन । जापानको नियम बिपरितका घटना तथा परिघटनामा दुतावासले कुनै पनि खाले सहयोग गर्न नसक्ने बताएका छन ।

जापानमा नेपालीले नेपालीलाई ठग्ने समस्याको बारेमा सहभागीले राखेको जिज्ञासामा अर्यालले पिडितले ठगेको प्रमाण दुतावासमा पेश गरे जुनसुकै व्यक्तिलाई पनि नछाड्ने स्पष्टोक्ति दिएका छन । अर्यालले अगाडी भने–‘ठग्यो भनेर हल्ला मात्रै गरेर भएन, प्रमाणसहित आउनुपर्यो । त्यसपछी पनि दुतावासले केही गरेन भने भन्नुस् ।’

दुतावासका सेवासुबिधाका बारेमा भने जनशक्ति अभावका कारण नागरिकले चाहेजस्तो सेवा प्रदान गर्न नसकेको अर्यालले बताएका छन । अर्यालले विद्यार्थीले काम गर्न पाउने समय बढाउने बिषयमा जापान सरकारसँग औपचारिक छलफल भएको र सम्भवत चाँडै त्यसको परिणाम देखिने पनि बताएका छन ।

कार्यक्रममा क्रिकेट एसोसिएसन जापानले आयोजना गरेको पहिलो एम्ब्यासी क्रिकेट कप प्रतियोगितामा सहभागी १५ नेपाली खेलाडीलाई सम्मान गरिएको थियो । शनिबार बंगलादेशलाई पराजित गर्दै फाईनलमा पुगेको नेपाली टोलीले आईतबार अष्ट्रेलीयासँग हारेको थियो ।

गैर आवासीय नेपाली संघ तोचिगीका संयोजक विकास वस्नेतको सभापतित्वमा भएको अन्र्तक्रिया तथा सम्मान कार्यक्रमलाई उप–संयोजक सरोज भेटवालले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली दुतावासका जनसम्पर्क अधिकारी श्रीवित्स राणाको पनि उपस्थिति थियो । तोचिगीमा दुतावासका अधिकारी उपस्थित भएको यो पहिलो कार्यक्रम हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS