सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कुवेतमा पेसलमायाको हत्या, चिन्नेले खबर पुर्याईदिनुहोला

कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि गएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राईको कुवेती स्पोन्सर (साहु)को छोराले छुरी प्रहार गरी हत्या गरिदिएका छन ।

राहदानी नं.०६५५६१९६ र नेपाली नागरिकता नं.२४८० (सुनसरी) रहेकी पेसल माया राइको ३, अगस्ट, २०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या गरिदिएको दुतावासले पुष्टि गरेको छ । छुरा प्रहार गर्ने कुवेती नागरिक जेलमा रहेको र घट्नाको थप अनुसन्धान भईरहेको बताइएको छ ।

नेपाली दुतावास कुवेतका द्वितिय सचिव ज्ञान बहादुर मगरले भने–‘मृतकको आफन्त अनी घर परिवारसंग संपर्क पनि हुन नसक्दा शब पठाउन र अन्य कानुनी प्रकृया शुरु गर्न सकिएको छैन ।’

मगरले अगाडी भने–‘आफ्नै कुवेती मालिकको छोराबाट छुरी प्रहार गरी पेसल माया राइको हत्या भएको प्रमाणित भईसकेको छ भने हत्या गर्ने मालिकको छोरो हाल कुवेतको जेलमा छन । मृतक पेसल माया राइको परिवार वा आफन्तहरु कसैसंग पनि सम्पर्क हुन नसकेको हुँदा शब पठाउने तथा मृतकको परिवारले पाउने क्षतिपुर्ती लगायत अन्य कानुनी प्रकृया शुरु हुन सकेको छैन ।’

द्वितिय सचिब मगरले यसै समाचार मार्फत मृतक पेसल माया राइको परिवार वा आफन्तहरुलाई नेपाली दुतावास कुवेतको संपर्कमा आउन अनुरोध गरेका छन । मृतक पेसल माया राइ बिस २०७० भदौ ४ गते ब्यक्तिगत भिसामा घरेलु महिला कामदारका निमित श्रम स्विकृति लिएर कुवेत गएको रेकर्डमा देखिएको छ ।

राहदानी जारी मिती २७, जुन, २०१३ (सुनसरी) र जन्म मिती १९७३ नोभेम्बेर, १२ रहेकी पेसल माया राईलाई चिन्नुहुनेले उनको परिवार वा आफन्तहरुसम्म यो सुचना प्रबाह गरिदिन नेपाली दुतावास कुवेतले आग्रह गरेको छ । त्यस्तै नेपाली दुताबास कुवेतको हटलाइन नं.००९६५–९८८६९१२१ मा सम्पर्क गरिदिन पनि दुतावासले आग्रह गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्